समाचार

भिक्टोरिया, ममता बनर्जी र विवेकानन्दबीचको सन्तुलन

गते ००:०० मा प्रकाशित

भिक्टोरिया, ममता बनर्जी र विवेकानन्दबीचको सन्तुलन

विजयशेखर भट्टराई,

कोलकाता भारतमा
पटक–पटक बेलायत घुम्न जाने गरेकी पाँचथरकी सावित्रा गुरुङले भारतको कोलकाता हेरेपछि बेलायतको झझल्को आएको बताइन् । नभन्दै भारतको पहिलेको राजधानी अहिलेको दोस्रो शहर कोलकाता घुमेपछि बेलायतीहरूको भारतमा भएको हाली मुहाली पनि सम्झना आउने रहेछ । पहिलो पटक मैले कोलकाता हेर्दा बेलायत यस्तै छ भनेर सुनेपछि दङ्ग पर्नु स्वभाविक पनि हो ।
हुनत बेलायतीहरू अहिले कुनै प्रतियोगिता मार्फत आफ्नो सवैभन्दा ठूलो दुश्मनको खोजी गर्न थालेका छन् । यसमा भारतका झाँसीकी रानी र अन्य केहि योद्धाहरूको नाम पनि आएको थियो । बेलायती सेनाले आफूलाई हायल कायल बनाउने उनीहरूको पहिचान यतिबेर पनि गर्न थालेको छ । अङ्ग्रेज साम्राज्यताकाको प्रभाव कोलकातामा महारानी भिक्टोरियाको धेरै रहेको पाइयो । त्यहाँ आउने पर्यटकहरूलाई सबैभन्दा पहिले भिक्टोरिया म्युजियममा लाने गरिँदो रहेछ । मुख्य भाग वा मैदान क्षेत्रमा रहेको कलकत्ताको यो क्षेत्रमा नै पश्चिम बङ्गालका मुख्यमन्त्रीको कार्यालय राइटर्स विल्डिङ, संसद भवन, उच्च न्यायालयदेखि लिएर क्रिकेट मैदान इडन गार्डेन र मोहन बगान क्लव रहेको छ ।
यो क्षेत्रमा घुमेपछि यदि भारतका पुराना भ्यागुते गाडि नहुने र पुराना हरिया पँहेला बस नहुने हो भने बेलायत भनेर भनिदिए पुग्छ । तर बेलायतको जस्तो सम्पन्नता र सभ्यता पाउन कठिन कुरा हो । यहाँका ऐतिहासिक घरहरू बार बगैचादेखि धेरै चाँहि अङ्ग्रेजहरूले नै थुपारेर गएका हुन्् । ती लण्डन र यहाँका दुरुस्तै छन् ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि यो शहरलाई लण्डन जस्तै बनाउने उद्घोष गरेकी रहिछन् । उनको शासनकालमा केहि परिवर्तन भएको यहाँका भुक्तभोगीले पनि बताए । हामीलाई कोलकाता शहर घुमाउने बस ड्राइभरले भने अनुसार कोलाकाता शहरमा अहिले लहरै बल्ने सडक बत्ती नयाँ हालिएका हुन् । लाखौँ सडक बत्ती एकै नासमा बल्दा कोलकाताको रात्री रौनक रोमाञ्चक देखिन्छ ।
बङ्गाल मात्र नभएर हिन्दु सभ्यताको नायकका रूपमा यहाँ सबैभन्दा बढी स्वामी रामाकृण्ण परमहंस र स्वामी विवेकानन्दको मान मर्यादा गरिँदो रहेछ । स्वामीको मन्दिर र समाधी रहेको स्थान रामाकृष्ण माथ र मिशनको म्युजियम र इण्डियन म्युजियम हेरेपछि उनीहरूले भारतलाई लगाएको गुण देख्न पाइयो । हुगली वा गङ्गा नदीको किनारमा रहेको यो मठ वरपर देखिने नयाँ पुल अर्थात विद्यासागर सेतु अनि पुरानो पुल हावडा पुल पनि कम आकर्षक छैनन् ।
भीडभाड र अस्तब्यस्तले कोलकाता शहर पनि अछुतो भने छैन । यो सडक व्यवस्थापन कोलकाताको मुख्य चुनौति पनि हो । यहाँको राज्य सरकारले यसलाई ब्यवस्थित बनाउन उच्च स्तरीय योजनाहरू अगाडि बढाएको रहेछ । कोलकातामा विश्वकै लामो फ्लाइ ओभर बनाएर सडकमाथि गाडी कुदाउने योजना राज्य सरकारको रहेछ । राज्य सरकारका शहरी विकास मन्त्री फरहाद हाकिमका अनुसार त्यहाँ गडियाबाट बङ्गलादेशको सीमामा पर्ने बनगाउसम्म सय किलोमिटर फ्लाइ ओभर बनाउन अध्ययन शुरु भइसकेको छ । यो महत्वाकाङ्क्षी योजना सम्पन्न भएमा कोलकाता बैङ्ककको मिनी रूपमा समेत आउन सक्ने देखिएको छ । किनकी हालैमा पनि दक्षिणेश्वर मन्दिरदेखि लिएर कोलकाता क्षेत्रका अधिकांश स्थानमा फ्लाइ ओभर निर्माण भइसकेका छन् । कोलकाता दशकौँसम्म कम्युनिष्ट पार्टीको शासनमा रुमल्लिएको र हालै आफ्नो पोल्टामा परेकोले ममता बनर्जी यहाँ परिवर्तन देखाउन लालायित छिन् । हुनत यहाँ कोलकातामा अहिले राजनीतिभन्दा क्रिकेट अर्थात आइ पी एल क्याचको चर्चा बढी छ । आफू सत्तामा आएको केहि समयपछि नै शहरको फोहोरलाई केहि हदसम्म सफा गरेर बनर्जी चर्चामा आएकी रहिछन् । शहरमा भएका तीनैवटा रेल श्टेसनमा भएको सफा सुग्घरले पनि ममता बनर्जीको लोकप्रियता थपेको चितपुर टालापार्क रेल श्टेसनमा भेटिएका घुमन्ते शुशिल देवनाथले बताए ।
राजनीतिमा थुप्रै लोकप्रियता बृद्धि गरेपनि ममता बनर्जीको पार्टी अहिले राज्यमा आलोचित पनि बन्दै गएको छ । किनकी उनका केहि मन्त्रीले खुलेआम सिपिएम समर्थकहरूसँग विहेबारी नचलाउन भाषण ठोक्छन् । ममता स्वयम्ले पनि हालैका दिनमा आफैँले टीभी च्यानलहरू खोल्ने र अरु केहि टीभी च्यानल नहेर्न समर्थकहरूलाई सुझाव दिएपछि आलोचित बनेकी छन् । पश्चिम बङ्गालको दशकौँको राजनीतिको प्रभाव केहि न केहि प्रेसमा पनि परेको हुनसक्छ तर उनको यो ब्यवहारले उदारता देखाएको छैन ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...