समाचार

जयलाई पत्र – ३०

गते ००:०० मा प्रकाशित

जयलाई पत्र – ३०

प्रिय जय,
निबन्धकार कृष्ण धरावासी र उनका रचनाको विश्लेषणसँगै समसामयिक विविध प्रसङ्गलाई जोडेर यो तीसौ पत्र लेख्दैछु । नेपाली निबन्धको समसामयिक धाराका चर्चित निबन्धकार कृष्ण धरावासी देखेको सत्य लेखेर एउटा उपयुक्त आख्यानको संयोजन गरी विचारलाई प्रमाणित गर्छन् ।  निबन्धकार धरावासीमा केन्द्रित रहेर उनको दोस्रो निबन्धसङ्ग्रह, नारी भित्र त्यस्तो के छ हजुर ? (निबन्धसङ्ग्रह) को छैटौैे निबन्ध “खोज” को बारेमा चर्चा गर्दैछु ।
प्रश्नार्थक वाक्यबाट निबन्धको उठान गरिएको प्रस्तुत निबन्धमा मानिस जुनसुकै बेला पनि कुनै न कुनै कुराको खोजमा रुमलिएको हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ । प्रस्तुत निबन्ध मानवको आशावादी जीवनदर्शनमा आधारित रहेको छ । मान्छे सदैव कुनै न कुनै नवीन कुराको खोजीमा लागेको हुन्छ । निबन्धकार आशावादी जीवनदर्शनतर्पm मुखरित हँुदै खोज जीवन्त हुनु पर्छ भन्ने कुरामा जोड दिन चाहन्छन् । खोजको अर्थ दत्तचित्त भएर कुनै विषयको अनुगामी हुनु हो । त्यो निरन्तरताका कारण फलिभूत भएको हुन्छ भन्ने ठहर यस निबन्धमा गरिएको छ जस्तै ः   “खोजको अर्थ केही पाउने अभिलाषामा एकचित्त भएर लाग्नु हो । आजसम्म जो जो खोजको पछि लागे – उनीहरू रित्तै फर्केका छैनन् । केही न केही धेर थोर लिएरै आएका छन् तर उनीहरूको खोजबाट उपलव्ध भएको वस्तुप्रति हामी अलिकति पनि सन्तुष्ट छैनौ र हामी त्यसको उपयोगिताप्रति अलिकति पनि अनुरागी हुन सकेनौ । जहिले पनि प्रतिस्पर्धाको खोज भइरहेछ, जहिले पनि महत्वाकांक्षाको खोज भइरहेछ । जहिले पनि अरुसँगको बराबरी भन्दा एक चरणमाथि पुग्ने खुड्किलोको खोज भइरहेछ । कहिले ईश्वर खोजे जस्तो, कहिले सत्य खोजे जस्तो, कहिले मानवता खोजे जस्तो – हामी महासागरमाथि परेवाको उडान उडिरहेका छौ र बस्नका लागि कुनै वृक्षको हाँगो खोजिरहेछौ ।”
आपूmसँग भएका वस्तुहरू सम्हालेर मात्र नयाँ वस्तुको खोज शुरु गर्नु पर्छ र कुनै पनि प्राप्तिलाई यथास्थानमा गुम्न नसक्ने गरी राख्नुपर्छ भन्ने मान्यतामा प्रस्तुत निबन्ध रहेको छ, जस्तै ः “खोजको प्रकृया थाल्नु अगावै हामीले आप्mना अनिवार्यताहरू र हामीसँग हुँदाहुँदै गुमेका वस्तुको तथ्याङ्कको तयारी गर्नुपर्छ । र तिनीहरूलाई यथास्थानमा नडगमगाउने गरी राखेपछि हामीबाट शुरु हुने जुनसुकै खोजले पनि नयाँ लहर लिएर आउने छ र हाम्रो खोज जीवन्त हुने छ ।” संवादबाट शुरु गरिएको प्रस्तुत निबन्ध सरल भाषाशैलीमा लेखिएको छ । मानवतावादी जीवनदर्शनमा आधारित प्रस्तुत निबन्धले मानिसलाई आशावादितातर्पm उन्मुख रहदै प्राप्तिमा पनि उत्तिकै सजग रहनु पर्छ भन्ने सन्देश दिएको छ । निबन्धकार धरावासी र उनको निबन्धप्रतिको तिम्रो जिज्ञासालाई आजको पत्रमा यही नै स्थगित गर्दै प्रसङ्गलाई अन्यत्रै मोड्न चाहन्छु  ।
गताङ्कको पत्रमा महिला विरुद्धका सबै प्रकारका भेदभावहरू उन्मुलन विषयक महासन्धि १९७९ का ७ औ धाराहरूका बारेमा जानकारी दिएको थिए । यस महासन्धिको धारा ८ मा पक्ष राष्ट्रहरूले महिलाहरूलाई पुरुष सरह समानताको आधारमा भेदभाव बिना अन्तर्राष्ट्रियस्तरमा आप्mनो सरकारको प्रतिनिधित्व गराउने र अन्तर्राष्ट्रिय संगठनको कार्यमा सहभागी गराउने कुरालाई निश्चित गर्नेछन् भन्ने उल्लेख भएको छ भने धारा ९ मा महिलाहरूलाई नागरिकता लिन, कायम राख्न र परिवर्तन गर्ने पुरुष सरह अधिकार छ । साथै निजलाई विवाह गर्दा नागरिकता परिवर्तन गर्न बाध्य गराइने छैन भन्ने उल्लेख भएको छ ।
धारा १० मा महिलाहरूलाई शिक्षाको क्षेत्रमा पुरुष सरह समान अधिकार हुनेछ । खासगरी पूर्व स्कुल, सामान्य शिक्षा, प्राविधिक, पे्शागत र उच्च प्राविधिक शिक्षाको साथै हर प्रकारका शेक्षिक स्थानबाट स्नातक उपाधि प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्ने, छात्रवृत्ति, प्रौढ र कार्यमूलक साक्षरता कार्यक्रमका साथै खेलकुद र शारीरिक शिक्षामा भाग लिन अवसर प्रदान गर्ने भनेर उल्लेख भएको छ । धारा ११ मा महिलाहरूलाई रोजगारीको समान अवसरको अधिकार पेशा र रोजगारको स्वतन्त्र चयनको अधिकारका साथै सुत्केरी हुँदा तलवी बिदा र रोजगारी नगुम्ने गरी बिदा आदिको अधिकार हुने भन्ने उल्लेख छ । धारा १२ मा महिलाहरूलाई गर्भवती हुँदा, काखमा दुधे बालक हुँदा र बन्दी अवस्थामा सुत्केरी हुँदा निशुल्क सहयोगको सुनिश्चितता गर्ने भन्ने उल्लेख छ ।
गत शुक्रबार अपरान्ह इलाम एक्सप्रेस दैनिकका स्तम्भकारहरू अरुण नेपाल र बिमल बैद्यसँग भेट भयो । आजभन्दा ८० वर्ष अगाडि रचना गरिएर हालै नेपाली संस्करणको रूपमा बजारमा आएको पुस्तक ‘दिवास्वप्न’ लाई प्रयोगमूलक बनाउने तथा व्यवहारमा लागू गर्ने सन्दर्भमा उनीहरू मालापथस्थित समता स्कुलबाट आएका रहेछन् । अनुशासन र सिकाइका लागि विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिनु अहिलेको समयमा असान्दर्भिक भइसकेको, छडी÷सिर्कनाहरू कक्षा कोठाबाट हटदै गएको र सो को लागि रचनात्मक र रोचक शिक्षण विधिको प्रयोग आवश्यक हुने सूचना प्रवाहको सन्दर्भमा उनीहरू समता स्कुलका प्राथमिक तथा पूर्व प्राथमिक तहका विद्यार्थीलाई शिक्षण गर्ने शिक्षक शिक्षिकासँग छलफल गरेर आएका रहेछन् ।
नयाँ वर्षसँगै नेपालमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय भर्ना अभियान जोडतोडले चलिरहेको छ । यस समयमा पूर्व प्राथमिक तथा प्राथमिक तहमा नयाँ विद्यार्थीहरूको प्रवेश हुन्छ । विद्यालयमा नयाँ बालबालिकाहरूको प्रवेश हुन्छ । ती बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठा बन्दीगृह जस्तो महसुस हुनु हुँदैन । उनीहरूलाई विद्यालयमा आकर्षिक गर्नका लागि शिक्षक शिक्षिकाहरूले रोचक, रमाइलो र आनन्ददायक वातावरण तयार गर्नु पर्दछ । अनुशासन र सिकाइका क्रियाकलापहरू खेल, गीत, कथा, नाटक र अभिनयमा आधारित भएमा विद्यार्थी आपैm आकर्षित हुन्छन् । विद्यालयलाई बालमैत्री बनाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयलाई बालमैत्री बनाउन शिक्षकको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन, यसका लागि अभिभावकको सहयोग पनि जरुरी हुन्छ । यस कार्यमा आमाको भूमिका अझ बढी महत्वको हुन्छ किनभने संसारमा कुनै पनि बालबालिकाको पहिलो शिक्षक हुने श्रेय उसको आमामा जान्छ । विद्यालयका शिक्षक शिक्षिकाहरू दोस्रो स्थानमा मात्र आउँछन् ।
‘दिवास्वप्न’ पुस्तकमा आप्mनो भनाइ राख्ने क्रममा प्रा.डा. नोवलकिशोर राईले बालबालिकाहरूका सन्दर्भमा महत्वपूर्ण सन्दर्भ उठाएका छन । सो भनाइमा उनी लेख्छन्, “हरेक बालकहरू कल्पनाशील हुन्छन्, उनीहरूमा कौतूहल हुन्छ, मनमा अनेका कुराहरू खेलाइरहन्छन् र खेलिरहन्छन् । त्यो बालसुलभ मानसिकतामा रहेको सुन्दर सपना कल्पना र अनेकौ प्रश्नहरूको उत्तर प्रेमपूर्वक दिदै लैजाने हो भने कुनै पनि बालक परिवार, स्कुल या राज्य विरुद्ध ‘लडाकू’ र ‘विद्रोही’ हुँदैन । हामी नानीहरूलाई घरमा हकारपकार गरेरै राख्छौ । धेरैजसोले हकारेर वा कुटेरपिटेर तह लगाउने सजिलो उपाय रोज्छौ । अङ्ग्रेजी शासनले सिकाएको माध्यमबाट स्कुललाई डर, धाक र धम्कीबाट अनुशासित बनाउन चाहन्छौ । तर उनीहरूमा रहेको दमित मानसिकता पछि ज्वाला भएर उठ्दा आगलागी हुने गर्दछ । यसरी समाज र शिक्षालाई मिलाएर हेर्ने बानी हामीमा अभैm बसेको छैन ।”
डा. राई अगाडि लेख्छन्, “बालबालिकाहरूलाई दिनभर बन्दकोठामा थुनेर, हकारपकार र सजाय गरेर अनुशासित गरेको भन्दा मित्रवत् व्यवहार गरेर सिकाउने हो भने छिटृै र सजिलौ सिक्न सक्छन् । सिक्ने चेलाचेली र गुरुका बीच अत्यन्त्र सौहार्दपूर्ण सम्बन्ध पनि रहन्छ । कक्षा कोठामा गरिने अत्यन्त पुराना र थोत्रा शिक्षण विधिलाई हाँक दिएर यो पुस्तकमा खेल विधि, कथावाचन विधि, प्रदर्शन विधि, अवलोकन विधि तथा अनेक प्रयोगात्मक विधिहरू सुझाएका छन् लेखकले । पाठ्यक्रमको फलामे साङलोले बाँधिएको, पाठ्यकपुस्तकको भारले थिचिएको र परीक्षाको जाँतोले पिसिएको परम्परावादी शिक्षाबाट बालबालिकालाई कसरी मुक्त गर्ने भन्ने उपायको खोजी गरेर लेखिएको यो ‘पुराना’े किताव अभैm पनि चासो राख्नेका लागि गीता, बाइबल र मुन्धुम हुन सक्छ ।”
दुई तीन वर्ष अगाडि इलाममा मनोक्रान्ति अभियान खुब चलेको थियो । डा. योगी विकासानन्दकी शिष्या योगिनी गम्बाट मनोक्रान्ति अभियानलाई अगाडि बढाइएको थियो । योगिनी गम्बाट मैले पनि पहिलो र दोस्रो डिग्रीको रेकी दीक्षा लिएको थिए । मनोक्रान्ति अभियानकै क्रममा त्यहाँ योग, ध्यान र साइको साइबरनेटिक्सको कक्षा पनि चल्थ्यो । केही समय बिमल बैद्य पनि मनोक्रान्ति अभियानमा जोडतोडले लागेका थिए । त्यहाँ मान्छेको कल्पनाशक्ति र अवचेतन मनको चर्चा हुन्थ्यो, त्यहाँ पानी सल्कने कुरा हुन्थ्यो, त्यहाँ ढुङ्गा पग्लने कुरा हुन्थ्यो । त्यहाँ डा. योगीबाट लिखित पुस्तकहरूको पनि चर्चा हुन्थ्यो । त्यहाँ शिक्षा र संस्कारको कुरा हुन्थ्यो । त्यहाँ बालबालिकाहरूलाई स्वस्थ, प्रफुल्ल र सिर्जनशील बनाउने कुरा चल्थ्यो । बालबालिकाहरूको खुबी र कल्पनाशक्तिको बारेमा कुरा हुन्थ्यो । बालबालिकाहरूको खुबीको विषयमा चर्चा गर्दै डा. योगीले एक ठाउँमा लेखेका छन्, “केटाकेटीहरूमा एउटा गजबको खुबी हुन्छ, उनीहरू ठूला मान्छेको शब्दबाट,अर्तीबाट सिक्दैनन । उनीहरू ठूला मान्छेले के गर्छन्, त्यसको अनुकरण गछ्र्रन । त्यसैले बच्चाहरूलाई सुधार्नु अघि, विद्यार्थीहरूलाई सिकाउनु अघि ती कुरा आपैmले गरेर देखाउनु पर्दछ । तपाई उनीहरूलाई जे जे गराउन चाहनु हुन्छ, ती कुरा आपैmले गरेर देखाउनु पर्दछ ।”
यसैगरी अर्को प्रसङ्गमा डा. योगीले लेखेका छन्, “शिक्षकले विद्यार्थीहरूलाई आप्mनै साना नानी सम्झी, वात्सल्यता देखाई, फकाई फुल्याई हल्कापाराले, रोचक ढङ्गले हँसाई हँसाई पढाउनु पर्छ अनि मात्रै बालकले शिक्षकशिक्षिकाप्रति आदरभाव देखाउँछ । यही आपसी सौहाद्र्रताको वातावरणमा मात्रै एन्डरफिन्सले काम गर्छ र सिक्ने क्षमताको विकास हुन्छ । तर अफसोच हाम्रो स्कुल कलेजमा यसको उल्टो भइरहेको छ । शिक्षक कक्षामा पस्नु भनेको टी.भी. सिरियल महाभारतका सकुनी पसेजस्तो वा फिल्मको कुनै भिलेन आएको अनुभव विद्यार्थीले गर्न थाल्छन् । परिणम सिक्न सघाउन न्यूरो ट्रान्समिटर एन्डरफिन्सको सटृा भयभित तुल्याउने हार्मोन एड्रिनलिन बढी नै निस्कन थाल्छ । यो हार्मोनले भिड्ने वा भाग्ने लक्षण ल्याउँछ ।” डा. योगीका यी विचारहरू तथा मनोक्रान्ति दर्शनका कुराहरू बिमलको संझनामा अभैm छ होला, आशा र विश्वास गरौ, उनले यो विचारलाई समता स्कुलमा व्यवहारमै लागू गर्ने गराउने काम गर्लान ।
यहाँ एन्डरफिन्स भन्नाले मस्तिष्कमा रहने केमिकल वा हार्मोन हो । जुन हार्मोनले हामीलाई आनन्दित तुल्याउनेु काम गर्दछ । यसले स्मरणशक्तिको अभिबृद्धि गर्दछ । मस्तिष्कमा एन्डरफिन्स सक्रिय भएको बेला विद्यार्थीको सिक्ने क्षमता डबल भएको हुन्छ । यसैले शिक्षण विधि रोचक, रचनात्मक, आनन्ददायक हुनु पर्छ । यसो भएमा मात्र विद्यार्थीले केही सिक्न सक्छन् । किनभने सिक्नु भनेको एउटा आन्तरिक दिमागी प्रक्रिया हो, सिक्नु भनेको प्रयास तथा भुल सुधार प्रक्रिया हो, सिक्नु भनेको अरुबाट सिक्ने प्रक्रिया हो, सिक्नु भनेको एउटा निर्देशित प्रयास हो । यसैले सिक्नु भन्नाले केही कार्य सम्पादन गरेर नयाँ अनुभवलाई स्मरणमा राख्नु हो । नयाँ अनुभव ग्रहण गर्ने कार्य आप्mनै प्रयास तथा भुल सुधार प्रक्रियामा गएर गर्न सकिन्छ ।
यही सिक्ने सिकाउने प्रक्रिया नै अध्ययन हो । यसको मूल उद्देश्य जीवनमा सफलता प्राप्त गर्नु रहेको हुन्छ । सफलता भन्नु नै विजय हो, सफलता भन्नु नै जय हो । यसैले सिक्ने सिकाउने प्रक्रिया वा अध्ययन प्रक्रिया एउटा महत्वपूर्ण प्रक्रिया हो, जसले जीवनलाई सफलतातिर लैजान्छ । यसैले हाम्रा बालबालिकालाई राम्रो शिक्षादीक्षा दिनु पर्दछ । यहाँ शिक्षा भन्नाले अध्ययन गर्ने गराउने काम हो र दीक्षा भन्नाले दक्षता अभिबृद्धि तथा संस्कारको विकास हो । यसरी बाल्यावस्थादेखि राम्रो शिक्षादीक्षामा हुर्कदै आएको विद्यार्थीले परीक्षामा प्रश्नपत्र देख्दै तर्सिनु, आत्तिनु र डराउनु पर्ने आउदैन । तर्सिएको, आत्तिएको र डराएको मानिसले सङ्घर्ष गर्न सक्दैन, कुनै पनि कुरासँग सामना गर्न सक्दैन । जीवनमा जुनसुकै बखत सङ्घर्ष भन्ने कुरा अति आवश्यक कुरा हो । अहिले कक्षा ११ र १२ को वार्षिक परीक्षा चलिरहेको छ, परीक्षार्थीहरूमा मेरो विनम्र आग्रह छ, प्रश्नपत्र हामीलाई सफलताको सिढीतर्पm लैजाने साधनहरू मध्येको एउटा महत्वपूर्ण साधन हो, प्रश्नपत्र र उत्तरपुस्तिकाकैे सहाराबाट हामी सफलताको गन्तव्यतर्पm लाग्दछौ, अतः प्रश्नपत्रबाट तर्सिनु, आत्तिनु र डराउनु भन्दा यसलाई सहजताका साथ ग्रहण गरेर आनन्दित हुँदै सिर्जनशीलताका साथ सफलताको गन्तव्यतर्पm लाग्नु पर्दछ । आजलाई यति नै ।
रामकुमार शाह, ramshah.257@gmail.com


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...