समाचार

इलाममा तीन जनामा औलो

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता 
इलाम, १२ बैशाख ः इलाम जिल्लामा औलो रोगी तीन जनामात्र भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात २०६८ फागुन मसान्तसम्ममा जिल्लाभर एकहजार आठसय ६ जना औलो परीक्षण गर्दा एक जनामा पीएफ र दुई जनामा पीभी फेला परेको मङ्गलबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा दुई हजार छ सय २५ जना सम्भावित औलो रोगीको परीक्षणका क्रममा २५ जना रोगी भेटिएकोमा चालु वर्षमा घटेको हो । गतवर्ष १५ जना पीएफ र १० जनामा पीभी देखिएको थियो ।
सम्मेलनमा औलो रोग एक सुक्ष्म प्रोटोजोआबाट हुने रोग भएकाले प्लास्मोडीयम स्पेसिस नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने जानकारी दिइयो । औलो आएको मानिसलाई अत्याधिक ज्वरो आउने, बर्बराउने, बेहोस हुने, घाँटी अररो हुने, बान्ता हुने आदि लक्षण देखिने भएकोले बेलैमा सचेत हुन र औलोबाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने पनि कार्यक्रममा जानकारी दिइयो ।
नेपाल सरकारले सन् २०१५ सम्ममा औलोबाट मृत्यु हुने सङ्ख्या शुन्य बनाउन र कालाजारका १० हजार रोगीमध्ये एकजनामा औलो सीमित गर्न कार्यक्रम थालेको छ । त्यसअनुसार इलाम जिल्ला स्वास्थ्य कार्यालयले किटजन्य रोग नियन्त्रणको लागि औषधी ब्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि तालिम, किटजन्य रोग र किट अध्ययन अनुसन्धानको सर्भिलेन्स, औलो रोगीको पहिचान र उपचार तथा जनचेतना जस्ता कार्यक्रम गरिरहेको कार्यालयका सुपरभाइजर बिमल बरालले जानकारी दिए ।
कार्यक्रममा इलाम अस्पतालका मेडिकल अफिसर डा. सविन श्रेष्ठ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययनको सिलसिलामा आएका मेडिकलसम्बन्धी विद्यार्थीहरू कमल गौतम र उत्तम न्यौपानेले औलो रोग, यसका लक्षण र बच्ने उपायसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्कहरू प्रस्तुत गरेका थिए । 
पाचौँ विश्व औलो दिवस २५ अप्रिलको अवसरमा हुने कार्यक्रमको जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । दिवसको अवसरमा कार्यालयले बुधबार बिहान इलाम बजारमा ¥याली सम्पन्न गर्ने र दिउँसो औलो नियन्त्रणमा समुदायको भूमिका विषयमा इलाम नगरपालिकाका विद्यालयका विद्यार्थीबीच वत्तृmत्वकला प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...