समाचार

इलाम, कृषि पर्यटनको पहिलो आधारभूमि

गते ००:०० मा प्रकाशित

इलाम, कृषि पर्यटनको पहिलो आधारभूमि

रोहितचन्द्र भट्टराई
इलाम, १८ बैशाख –
इलाममा सोमबार आयोजित इलाममा कृषि पर्यटन – सम्भावना र चुनौति विषयक कार्यक्रमलाई संवोधन गर्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामलाई कृषि पर्यटनको पहिलो आधारको रूपमा अघि बढाउन अभियान थालेको जानकारी दिँदै इलामजस्तै अन्य जिल्लाले पनि कृषिमा विकास गर्नुपर्ने र इलामले थप पहल गर्नुपर्ने बताएका छन् । उनले भने, ‘इलाम हाम्रो देशको स्वर्गको टुक्रा हो । जापानमा जस्तै यहाँ कतै पनि माटो देखिँदैन । हरियै हरियो मात्र देखिन्छ । यो मेरो अनुभूति हो ।’
उनले कृषि पर्यटनमा इलामलाई छान्नुको आधार यहाँको चेतनास्तर राम्रो, आर्थिक प्रगति, उर्वर भूमि हो भन्दै यसलाई अघि बढाए अझ प्रगति हुने पनि उल्लेख गरे । मन्त्री विष्टले अहिले सरकारले पर्यटन दशकको रूपमा मनाउन थालेको बताए । सन् २०११ लाई भ्रमण वर्ष, २०१२ लाई लम्बिनी वर्ष हुँदै पर्यटन दशक मनाइँदै आएको पनि उनले जानकारी दिए ।
मन्त्री विष्टले इलाममा बनाउन लागिएको विमानस्थल, पशुपतिनगरमा सूचना केन्द्र अनि चिया, कृषि, आन्तरिक र सूर्योदय पर्यटनलाई अघि बढाउन आपूmले मन्त्रालयबाट सहयोग गर्ने बताए । उनले धूलो दूध प्रशोधन कारखाना, अदुवा प्रशोधन कारखाना निर्माणका लागि पनि स्थानीयस्तरबाट प्रक्रियागत ढङ्गले मन्त्रालयसम्म आए आपूmले सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुभाष निरौलाले पर्यटन विकासका लागि संस्थागत विकास आवश्यक भएको भन्दै नेपाल संसारको उत्कृष्ट दशौँ पर्यटन क्षेत्र भएको देश भएकाले प्रचुर सम्भावना रहेको बताए । उनले नेपाल हिमाली देश भएको भन्ने प्रचार भएकाले हिमाली क्षेत्रमा जान नसक्ने पर्यटक आउन नपाएको पनि उल्लेख गरे । निरौलाले बोर्डले साझेदारी गर्ने मात्रै भएकाले केही गर्नुपरे सहयोग गर्ने बताए ।
कार्यक्रममा पर्यटनकर्मी विष्णुप्रसाद काफ्लेले इलाममा कृषि पर्यटन ः सम्भावना र जिम्मेवारी विषयक कार्यपत्रसहितको प्रस्तुति गरेका थिए । उनले इलामका पर्यटकीय स्थलको परिचय दिँदै इलाममा उत्पादन हुने कृषिलाई पर्यटनसँग जोड्न सके थप विकास गर्न सकिने बताए । काफ्लेले कृषि पर्यटनको प्रचुर सम्भावना इलाममा रहेको उदाहरण प्रस्तुत गर्दै ती कृषि उत्पादनहरूको बारेमा पर्यटकलाई थाहा दिन नसकेको पनि उनले उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत माओवादी)का जिल्ला सेक्रेटरी राम राई, नेपाली काङ्ग्रेसका जिल्ला सचिव खगेन्द्र देवान, नेकपा (एमाले)का जिल्ला सचिव गणेश बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सोमनाथ बाँस्तोला, सङ्घीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य श्याम एक्तेन, नेकपा (एकीकृत)का जिल्ला सचिव रूद्र साम्पाङ र मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्का प्रतिनिधिले जिल्लाको पर्यटन विकासका लागि गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा विराट क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक भवेषकुमार श्रेष्ठ, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिकी उपनिर्देशक सुदिक्षा कार्की, इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, स्थानीय विकास अधिकारी सुमन घिमिरे तथा इलाम नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल आ–आफ्नो कार्यालयबाट भएका र हुनुपर्ने कृषि पर्यटनका कामबारे मन्तब्य राखेका थिए । कार्यक्रममा पर्यटनकर्मी धर्म गौतम, अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आले, होटल एशोसिएसन इलामका अध्यक्ष दावा लामा, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष उमेश गुरूङ र सहकारीकर्मी पुण्य शिवाकोटीले इलामको कृषि पर्यटनलाई अगाडि बढाउनका लागि गर्नुपर्ने कामका बारेमा मन्तब्य राखेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...