समाचार

इलामकी सानु शिवा प्रतिनिधी सभामा सभाषद् बनिन् , भगवती माविमा अनेरास्ववियु

गते ००:०० मा प्रकाशित

इलामकी सानु शिवा प्रतिनिधी सभामा सभाषद् बनिन् , भगवती माविमा अनेरास्ववियु

सन्दकपुर संवाददाता
इलाम, २९ माघ  ः

इलाम नगरपालिका ७ निबासी सानु शिवा नेकपा (एमाले)का तर्पmबाट प्रतिनिधी सभाको सांसद बन्ने भएकी छिन् । आइतबार एमाले केन्द्रीय समितिले निर्वाचन आयोगमा पठाएको समानुपातिक तर्पmको नामावलीमा उनको नाम समावेश गरिएपछि उनी संसद बन्ने निश्चित भएको हो ।
सानुसहित प्रतिनिधी सभामा इलामका तर्पmबाट तीनजना एमालेका सांसद हुने भएका छन् । यसअघि प्रत्यक्ष निर्वाचनबाट एमाले पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख तथा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ प्रतिनिधी सभामा निर्वाचित भइसकेका छन् ।

 


भगवती माविमा अनेरास्ववियु
 इलामको भगवती माविमा पुजा भट्टराईको अध्यक्षतामा अनेरास्ववियुको विद्यालय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पम्फा तामाङ, सचिवमा सिता तामाङ, सहसचिवत्रय रुद्रकुमारी कटुवाल, सुस्मिता तामाङ र फिलिप राई तथा कोषाध्यक्षमा निकेश थापामगर चयन भएका छन् ।विद्यालय कमिटी गठन कार्यक्रममा इलाम नगर कमिटीका संयोजक डिकेन्द्र दहाल, सहसंयोजक सचिनजङ्ग रायमाझी, सचिव विशाल कार्की र सहसचिव सुशान्त चापागाई समेतको उपस्थिति रहेको थियो ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...