समाचार

मोफसलमा कला फोटोग्राफीे सम्भावना

गते ००:०० मा प्रकाशित

मोफसलमा कला फोटोग्राफीे सम्भावना


सन्दकपुर संवाददाता
इलाम, २९ माघ  ः

 नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका विभागीय प्रमुख तथा प्राज्ञपरिषद् सदस्य नारदमणि हार्तम्छालीले कलामा भएको विविधताको विशिष्टीकरण गरि विकास गर्नुपर्ने बताएका छन् । प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला विभागका प्रमुख समेत रहेका हार्तम्छालीले कला फोटोग्राफी पनि ललितकलाकै एक सृजनात्मक कलाको रुपमा औपचारिक रुपमा प्रतिष्ठानले स्वीकार गरिसकेको जानकारी दिए । प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला विभागले इलाममा आयोजना गरेको प्रदेश १ र २ स्तरीय कलाफोटोग्राफी प्रयोगात्मक गोष्ठीको समापन सभालाई सम्बोधन गर्दै हार्तम्छालीले मोफसलमा समेत कला फोटोग्राफी चिनाउन र विकास गर्नका लागि गोष्ठिको आयोजना गरिएको र मोफसलमा विकास सम्भव रहेको बताए ।
समापन कार्यक्रमका विशेष अतिथि तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले कलाको विषयको क्षेत्रमा इलाम नगरपालिकाले काम गरिरहेको र त्यसलाई निरन्तरता दिइने बताए । बस्नेतले कलाफोटोग्राफी आन्तरिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने १० जना सर्जकहरुलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण समेत गरे । आर्टुस्डियोका सञ्चालक तथा गोष्ठिका प्रमुख सहजकर्ता भिज्वल आर्टिष्ट कैलाशकुमार श्रेष्ठले कला फोटोग्राफी सामान्य फोटोग्राफीभन्दा फरक विधा भएको बताए । उनले भने, ‘निरन्तर साधनाबाट मात्र उत्कृष्ट कला फोटोग्राफी सर्जक बन्न सकिने भएकोले म तपाईहरुलाई यस विधामा निरन्तर साधनारत हुन आग्रह गर्दछु ।’
ती दिने गोष्ठिमा प्रदेश १ र २ का सात जिल्लाका २२ सहभागीको उपस्थिति रहेको थियो । सप्तरङ्गी कला केन्द्र इलाम र भालुढुङ्गा सामुदायिक पर्यटन प्रबद्र्धन विकास संस्था इलामले गोष्ठीको स्थानीय व्यवस्थापन गरेको थियो । सो कार्यक्रमसँगै भालुढुङ्गा सामुदायिक घरबासको अनौपचारिक रुपमा उद्घाटन गरि अतिथिहरुलाई स्वागत गरिएको थियो ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...