समाचार

निरन्तर शिक्षाको पाठ्यक्रममा इलामको पर्यटन

गते ००:०० मा प्रकाशित


रोहितचन्द्र भट्टराई
इलाम, २९ माघ ः

अनौपचारिक शिक्षा केन्द्रको तह दुई अन्तर्गतको निरन्तर शिक्षाको स्थानीय पाठ्यक्रममा इलाम र पर्यटन समावेश गरिएको छ । चालु आर्थिक वर्षमा शुरू गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरि साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेरसमूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिइने भएको छ ।
दुई वर्षअघि साक्षर जिल्ला घोषित इलाममा गतवर्षदेखि निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाई शुरु गरिएको हो । उक्त पाठ्यक्रममा अन्य विषयबस्तु अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भएपनि स्थानीय पाठ्यक्रममा इलामको पर्यटन राखिएको छ ।
इलामका जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएकोमा उनीहरूलाई नै निरन्तर शिक्षा अन्तर्गत तह दुईको पाठ्यक्रमअनुसार सिकाईनेछ । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको र अहिले दोस्रो चरणको कार्यक्रमअनुसार हालै सहजकर्ताहरूलाई तालिम उपलब्ध गराइएको छ ।
तालिमप्राप्त सहजकर्ताहरूले स्थानीयस्तरमा रहेका सामुदायिक अध्ययन केन्द्रमार्पmत स्थानीयस्तरमा प्रौढ शिक्षाकै शैलीमा तह दुईको सिकाई गराउने पनि शिक्षा कार्यालयले जनाएको छ । आइतबार इलाम सदरमुकाममा सम्पत्र सहजकर्ताहरूको चार दिने तालिमको समापनका क्रममा जिशिअ गौतमले भने, ‘निरक्षरहरूलाई पनि साक्षर बनाउँदै कम्तिमा ब्यवहारिक प्रयोगमा ल्याउनसक्ने शिक्षा दिनु निरन्तर शिक्षाको तह दुईको उद्धेश्य हो । यसैअन्तर्गत इलाममा शुरू गरिएको छ ।’
उनले त्यो सँगसँगै स्थानीयस्तरमा सम्भावना रहेको क्षेत्रको ज्ञान पनि सबै ब्यक्तिले पाउनु पर्छ भत्रे उद्धेश्यले इलामको हकमा यहाँको पर्यटनको विषय पाठ्यक्रममा राखिएको पनि बताए । सो पाठ्यक्रममा इलामको चिनारी, पर्यटन, प्रमुख पर्यटकीय गन्तब्यहरू, धार्मिक पर्यटनस्थलहरू, सूर्योदय पर्यटन स्थलहरू र पर्यावरणीय पर्यटनस्तलहरूका आधारभूत जानकारी समावेश गरिएका छन् । यसबाट कम्तिमा इलाम र यहाँको पर्यटन बुभ्mन सबैले पाउने र आगामी दिनमा पर्यटन क्षेत्रमा चासो राख्नेलाई यसले सहयोग गर्ने आशा गरिएको छ ।
यो बाहेक सोही तहको मूल पाठ्यक्रममा विवाह, सुरक्षित मातृत्व र शिशु स्याहार, सामाजिक कुरिति र विकृति, आयआर्जन, बहिनीलाई चिठी, पोसिलो खाना, रोग जस्ता विषयहरू छन् । त्यस्तै हाम्रा मौलिक हकहरू, कम्प्यूटर र इन्टरनेट, प्राथमिक उपचार, सहकारी, हाम्रा आँखा खुले, परिवारका इच्छा, मुद्राको चिनारी र योग तथा शारीरिक ब्यायाम जस्ता विषयहरू तह दुईमा सिकाई हुनेगरि पाठ्यक्रममा राखिएका छन् ।
यो तह पुरा गर्ने ब्यक्तिले कम्तिमा ब्यवहारमा प्रयोग हुने आधारभूत कुराहरू जात्रे र प्रयोगमा ल्याउन सक्ने भनाई जिशिअ गौतमको छ ।
यो तहको पढाइका लागि सरकारले स्थानीय सामुदायिक अध्ययन केन्द्रहरूलाई रकम उपलब्ध गराउनेछ । उक्त रकमले सहजकर्ताको पारिश्रमिक उपलब्ध गराउनेसँगै कक्षा ब्यवस्थापन, पुस्तक तथा स्टेशनरी खरिद गरि कार्यक्रम सञ्चालन गर्नेछन् ।
विद्यालय, सामुदायिक भवन वा ब्यक्तिको घरमा समेत सञ्चालन गर्न सकिने यस्ता कक्षाहरू चार महिनासम्म सञ्चालन हुनेछन् । उक्त अवधिका लागि उल्लेखित पाठ्यक्रम समेटिएको निरन्तर शिक्षा नामको एउटा पुस्तक रहेको छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...