समाचार

निर्माण ब्यवसायी संघमा सुवास चिपालु निर्वाचित

गते ००:०० मा प्रकाशित

निर्माण ब्यवसायी संघमा सुवास चिपालु निर्वाचित

सन्दकपुर संवाददाता
इलाम, २७ माघ ः

निर्माण ब्यवसायी संघ इलामको शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट सुवासलाल चिपालु अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनको निर्वाचन कार्यक्रमपश्चात निर्वाचित भएका सुवासलाल चिपालुले निबर्तमान अध्यक्ष समेत रहेका राजकुमार भक्तराजलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यसअघिको अधिवेशनमा पनि चिपालु र भक्तराज नै अध्यक्षमा भिडेका थिए । त्यसबेला भक्तराजले चिपालुलाई पराजित गरेका थिए ।
अधिवेशनल उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा विरेन्द्र कार्की, सहसचिवमा हेमन्त गौतम (अत्री) र कोषाध्यक्षमा सन्तोष भक्त राजलवटलाई निर्वाचित गरेको छ । उनीहरुमध्ये सचिवमा कार्की र सहसचिवमा गौतम निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी छ जना सदस्यहरुमा निरज राउत, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी, दिनेश खड्का र पुण्यकुमार मुखिया निर्वाचित भएका छन् । मुखिया सुर्योदय नगरपालिकाका बासिन्दा हुन भने अन्य सबै इलाम नगरपालिकाका बासिन्दा हुन् । अधिवेशनबाट मनोज बुढाथोकी, सनतोषकुमार कटुवाल, दिपक गौतम, (माईला) निलबहादुर चौहान र प्रमोद शेर्पा (वाङ्दी) केन्द्रीय प्रतिनिधीमा निर्वाचित भएका छन् ।
शुक्रबार शुरु भएको अधिवेशनको मतदान कार्यक्रम शनिबार सम्पन्न भएको हो । संघमा इलामका एकसय १८ वटा निर्माण ब्यवसायी फर्मका प्रतिनिधी सदस्य रहेको नवनिर्वाचित सहसचिव अत्रीले सन्दकपुरलाई जानकारी दिए । नवनिर्वाचित अध्यक्ष चिपालुले अब आपूmले संघलाई अझ संस्थागत विकास गर्दै निर्माण ब्यवसायीको हितअनुकुल काम गर्ने र सबै निर्माण ब्यवसायीलाई मिलाएर लाने बताएका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...