समाचार

इलाममा फागुन ४ गते मात्रै सोनाम ल्होसार मनाइँदै

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ३ माघ :
यस वर्ष चन्द्र पञ्चाङ्गअनुसार तेह« महिनाको वर्ष भएको हँुदा सोनाम ल्होसार अर्थात् तामाङहरूले मनाउने नयाँ वर्ष पर्व फागुन ४ गते (एक महिनापछि) मनाउने नेपाल घेदुङ संघ इलामले जनाएको छ । सरकारले सम्बन्धित पक्षसँग नसोधी नै सूर्य पञ्चाङ्गअनुसार माघ ४ गतेलाई नै सदा झैँ पर्वको रुपमा सार्वजनिक विदा दिएकोमा नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यकारिणी समितीले उक्त सार्वजनिक विदा खारेज गरी फागुन ४ गते सार्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको नेपाल तामाङ घेदुङ जिल्ला कार्य कारिणी समिति इलामका सचिव एवम् नेपाल तामाङ विद्यार्थी घेदुङ प्रदेश एक प्रमुख ईश्वरी तामाङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङको नेपालका ज्यातिषविद् खेम्पो सोनाम ग्यमे तामाङद्वारा तयार पारिएको मञ्जुश्री तत्व ज्योतिष सङ्क्षिप्त पात्रोमा २०७४ असार ११ गतेदेखि श्रावण ७ गतेसम्म (मलमाँस) छुइ पा लुग क्षा रहेको र तह«ौँ महिना परेको कारणबाट सुर्य पञ्चाङ्गमा सदा झैँ माघ महिनाको प्रतिपदामा सोनाम ल्होसार पर्न गएको सन्दर्भ नेपाल तामाङ घेदुङ इलामका सल्लाहकार खेम तामाङले बताए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...