समाचार

इलाम नपा ३ पुवामझुवाको वीणापाणी मावि अब बालमैत्री

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ३० पुष :
हाल इलाम नगरपालिका २ मा पर्ने साविक पुवामझुवा गाविसको ६२ बर्ष पूरानो बिद्यालय हो, वीणापाणी माध्यमिक विद्यालय । उमेरका हिसाबले निकै पाको भइसक्दा पनि यहाँ थुप्रै कुराहरू नमिलेका देखिन्थे । अग्ला, भद्दा र पानीबिनाका धारा थिए एक बर्ष अघिसम्म । कक्षा कोठा प्रवेश गर्ने र खेलमैदानदेखि तलमाथि गर्ने ठाउँमा बालबालिका तथा अपाङ्गता भएका बिद्यार्थीहरूलाई सजिलो बाटो थिएन । अपाङ्गतामैत्री शौचालयको अभाव थियो । अनि थिएन पुस्तकालय र ल्यापटप, कम्प्युटर पनि ।
‘गएको एक बर्षको अन्तरालमा विद्यालयमा थुप्रै कामहरु भएका छन्’, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमनाथ सुनुवार भन्छन्, ‘अभिभावकहरूले समितिमा आफूहरूलाई राखेपछि हामीले छोटो समयमै उल्लेख्य काम गरेका छौँ ।’ 
विद्यालयमा सानो खर्चमै बालमैत्री तथा अपाङ्गतामैत्री धाराहरू निर्माण गरिएको छ । छुट्टै जमिनमा धेरै सिमेण्ट, गिट्टी र ढुङ्गा खर्चेर भद्दा धारा बनाउने चलनको अन्त्य गर्दै बिद्यालय र शौचालयका बाहिरी भित्ताहरूमै होचा, चिटिक्क परेका धाराहरू जडान गरिएका छन् । जसबाट बालबालिकालाई पानी पिउन तथा सरसफाई गर्न सजिलो भएको कक्षा १० की अर्चना थापाले बताइन् ।
उचित स्थानमा हिलटप टेंकीहरु राखिएकाले धारामा अटुट रुपमा पानी उपलव्ध छ । यस काममा गाविस कार्यालय, पुवामझुवा र करुणा फाउण्डेशनले सहयोग गरेका थिए ।
त्यस्तै अर्को महत्वपूर्ण काम वाल तथा अपांगतामैत्री काम गरिएको छ । करुणा फाउण्डेशनद्धारा सञ्चालित परियोजनाका समुदाय संयोजक दामोदर रिजालका अनुसार तीन वटा सादा र एक वटा रेलिंगसहितको गरी जम्मा चारवटा अपांगतामैत्री र्याम्पहरु निर्माण गरिएका छन् । उनका अनुसार फाउण्डेशनले बिद्यालयलाई खानेपानीका धारा, र्याम्प, कमोड शौचालय आदिको निर्माणकालागि जम्मा एकलाख ५० हजार रुपैंया सहयोग गरेको थियो ।
जिल्ला शिक्षा कार्यालयको सहयोगमा पुस्तकालय निर्माण तथा सञ्चालन गरिएको छ । साडे छ लाख रुपैंयाको लागतमा पुस्तक खरीद, रिडिङ रुम तथा र्याक निर्माण गरिएका छन् । प्रअ सूर्यप्रसाद राईका अनुसार सोही बजेटबाट वालवालीकाकालागि मिडासको सफ्टवेर तथा ल्यापटपसमेत खरीद गरिएको छ । निकट भविष्यमै बिद्यालयमा इ लाइब्रेरी सञ्चान गर्नकालागि सो ल्यापटप खरीद गरेको बिव्यस अध्यक्ष सुुनुवारको भनाई छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...