समाचार

इलामका प्रकृति कृषि सहकारी र हाम्रो जुनतारा साकोस ‘मर्ज’ हुने

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २९ पुष :
इलामका दुईवटा सहकारी संस्थाहरुलाई एउटै बनाउन लागिएको छ । प्रकृति कृषि सहकारी संस्था लिमिटेड र हाम्रो जुनतारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई मर्च गर्न लागिएको हो । शनिबार सम्पन्न हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभाले यी दुई संस्था एउटै बनाएर लाने प्रस्ताव पारित गरेको हो ।
पारित प्रस्तावलाई मुर्त रुप दिन तत्काल दुवै संस्थाबीच छलफल गरिने संस्थाका लिला थापाले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् । दुवै संस्था मर्ज भएपछि एउटै भएर एकै कार्यालयबाट सञ्चालन गरिने उनले बताए । 
दुई संस्थाको बीचमा सहमति भएपछि डिभिजन सहकारी कार्यालयबाट आधिकारिक रुपमा संस्था एकीकरण गरिने पनि उनको भनाई थियो । हाम्रो जुनतारा साकोसको साधारण सभाबाट उक्त संस्थाको गत वर्षको वार्षिक आयब्यय सात करोड ६५ लाख रुपैयाँ प्रस्तुत भई पारित भएको थियो । उक्त आयब्यय प्रतिवेदन संस्थाका कोषाध्यक्ष श्रीप्रसाद राईले प्रस्तुत गरेका थिए । यो संस्थाका शेयर सदस्य एक हजार १०९ जना रहेका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...