समाचार

जुनताराको साधारणसभा

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २९ पुष :
इलामको साविक पुवामझुवा गाविसमा स्थापना भई हाल इलाम सदरमुकाममा परियोजना कार्यालय रहेको जुनतारा सामाजिक विकास केन्द्रको २०औँ वार्षिक साधारण सभा शनिबार सदरमुकाममा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको २२ लाख ५० हजार रुपैयाँबराबरको गतवर्षको वार्षिक आयब्यय प्रतिवेदन पारित गरेको छ ।
जिल्ला कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष ज्योतिप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जुनताराका अध्यक्ष तीर्थराज गुरुङले प्रगति प्रतिवेदनसहितको भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष श्रीप्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सभाले पारित गरेको हो । 
कार्यक्रममा दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो । एक हजार १०९ जना सदस्य रहेको संस्थाको कार्यक्षेत्र इलामका दशवटै स्थानीय तहका ३० वटा वडाहरु रहेको संस्थाका कार्यकारी संयोजक लिला थापाले बताएका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...