समाचार

जुनताराको साधारण सभाका अवसरमा पत्रकार पाण्डेलाई दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार

गते ००:०० मा प्रकाशित

जुनताराको साधारण सभाका अवसरमा पत्रकार पाण्डेलाई दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार

सन्दकपुर संवाददाता
इलाम, २९ पुष :
इलामको साविक पुवामझुवा गाविसमा स्थापना भई हाल इलाम सदरमुकाममा परियोजना कार्यालय रहेको जुनतारा सामाजिक विकास केन्द्र र हाम्रो जुनतारा साकोसको २०औँ वार्षिक साधारण सभाको अवसर पारेर इलामकी पत्रकार सबिता पाण्डेलाई शनिबार पुरस्कृत गरिएको छ । कार्यक्रममा दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी पाण्डेलाई पुरस्कृत गरिएको हो ।
पत्रकारिताको माध्यमबाट जनचेतना अभिबृद्धिमा योगदान पु¥याएको जनाउँदै उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघकी सदस्य सबिता हाल रेडियो नेपाल, इलामकै रेडियो नेपालवाणी एफएम र विराटनगरको मकालु टेलिभिजनमा कार्यरत छिन् । उनले २०६४ सालमा इलामको पशुपतिनगरबाट पत्रकारिता थालेकी हुन् । हाल उनी नेपाल प्रेस युनियनको इलाम कोषाध्यक्ष र डब्लूडब्लूजे नामक महिला पत्रकारहरुहरुको संस्थाको इलाम अध्यक्ष छिन् ।
समाजसेवी दलबहादुर बस्नेतको स्मृतिमा बस्नेत परिवारले अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गदै आएको जुनतारा सामाजिक विकास केन्द्र इलामका कार्यक्रम संयोजक लिला थापाले सन्दकपुर अनलाईनलाई जानकारी दिए । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...