समाचार

इलामका श्रष्टा गणेश रसिक काठमाण्डौमा सम्मानित

गते ००:०० मा प्रकाशित

इलामका श्रष्टा गणेश रसिक काठमाण्डौमा सम्मानित

सन्दकपुर संवाददाता
इलाम, २९ पुष :
काठमाण्डौको भद्रकुमारी घले कृति पुरस्कारबाट इलामका श्रष्टा गणेश रसिक सम्मानित भएका छन् । शनिबार राजधानीको बानेश्वरमा भएको एक कार्यक्रममा प्रमुख अतिथि रहेका गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले रसिकलाई नगदसहित खदा र सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।
भद्रकुमारी घले सेवा सदन नामक संस्थाको तेस्रो वार्षिक उत्सव, साधारण सभा एवम् श्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहका अवसरमा रसिक सम्मानित भएका हुन् । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा एफएम रेडियो (रेडियो फिक्कल) सञ्चालन गरेर बसेका, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिवसमेत रहेका गणेश रसिकलाई गीत, कविता, साहित्य विधामा उत्कृष्ट योगदान गरेका आधारमा पुरस्कृत गरिएको हो ।
रसिकलाई शनिबार प्रदान गरिएको भद्रघुमारी घले कृति पुरस्कारको राशी ५० हजार नगद रहेको छ । राजधानीको बानेश्वरस्थित देवीनगरमा सम्पन्न कार्यक्रममा रसिकलाई नगदसहित खदा र सम्मानपत्रले सम्मानित गरिएको थियो । 
सोही कार्यक्रममा बरिष्ट साहित्यकार बैरागी काइँलालाई पनि पुरस्कृत गरिएको थियो । काइँलालाई ब्यक्ति पुरस्कार प्रदान गरियो । ब्यक्ति पुरस्कारको राशी एक लाख नगद रहेको छ । कार्यक्रममा कवि गीता केसरीसहित अन्य २७ जना श्रष्टालाई पनि पुरस्कृत गरिएको थियो । केसरीलाई प्रदान गरिएको पुरस्कारको राशी ५० हजार नगद हो भने अन्य पुरस्कारको राशी १० हजारको रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् राजकुमार दहालले सन्दकपुर अनलाईनलाई जानकारी दिएका छन् ।
भद्रकुमारी घले सेवा सदनकी संस्थापक भद्रकुमारी घले कवि, चित्रकार र कलाकार पनि हुन् । सदनले स्थापनापछि समाज सेवाको क्षेत्रमा निरन्तरता तथा भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्दै आएको छ । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...