समाचार

अर्गानिक चिया उत्पादनका लागि उन्नतिको सहयोगमा इलामेली चिया सहकारीद्वारा तीनदिने कृषकहस्तरीय तालिम सम्पन्न

गते ००:०० मा प्रकाशित

अर्गानिक चिया उत्पादनका लागि उन्नतिको सहयोगमा इलामेली चिया सहकारीद्वारा तीनदिने कृषकहस्तरीय तालिम सम्पन्न

सन्दकपुर संवाददाता
फिक्कल, २८ पुष :
इलामेली चिया सहकारी संस्था लिमिटेडको आयोजनामा सूर्योदय नगरपालिका वडा नम्बर ५ को समाल्बुङमा चिया कृषकहरुका लागि तीनदिने अर्गानिक चिया उत्पादनसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । उन्नति समावेशी बृद्धि कार्यक्रमको सहयोगमा सहकारी संस्थाले सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत तालिम सम्पन्न भएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुबेदीले सन्दकपुर अनलाईनलाई जानकारी दिएका छन् ।
एक करोड १५ लाख रुपैयाँ बराबरको उक्त परियोजना सञ्चालनका लागि संस्थालाई उन्नतिले ६५ लाख रुपैयाँ सहयोग गरेको छ । परियोजनामा संस्थाको ५० लाख रुपैयाँ बराबरको लगानी रहेको पनि अध्यक्ष सुबेदीको भनाई छ । परियोजनाअन्तर्गत संस्थाले यस्तै तालिमहरु सूर्योदय नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिरहेको र हालसम्म तीनवटा तालिम सम्पन्न गरेको उनको भनाई छ ।
परियोजना सम्पन्न भएपश्चात सहकारी संस्थाले उत्पादन गर्ने चिया पूर्णतया अर्गानिक हुने भएकोले परियोजना अवधिमा त्यसअन्तर्गतकै कामहरु सम्पन्न गरिने जनाइएको छ । परियोजनाले संस्थाको चिया कारखानालाई अर्गानिक चिया प्रशोधनका लागि पूर्वाधार निर्माण, मेशिन औजार खरिद, चिया पत्ती र प्रशोधित चिया ढुवानीका लागि गाडि खरिद र प्रविधिसम्बन्धी सहयोग गरेको छ । त्यस्तै कृषक स्तरमा अर्गानिक चियापत्ती उत्पादनका लागि तालिम सञ्चालन गरिने भएको छ । यो बाहेक परियोजनाकै सहयोगमा अर्गानिक चिया उत्पादनको गुणस्तर चिन्हको प्रमाणपत्र लिने प्रकृयाका लागि काम भइरहेको पनि अध्यक्ष सुबेदीले बताए ।
तीन दिनको तालिममा कृषकलाई अर्गानिक चियापत्ती उत्पादन गर्ने सीप सिकाईएको थियो । कृषकहरुले अर्गानिक पत्ती उत्पादन गरेर प्रशोधित चियासमेत अर्गानिक भएपछि बिदेशी बजारसम्म पु¥याउन सकिने र उक्त चियाको मूल्य बढी हुने भएकाले कृषकको पत्तीको मूल्य पनि बढी हुने जनाइएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...