समाचार

इलामको अन्तु कटेजमा आगलागी

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, २८ पुष ः इलामकाे पर्यटकीय क्षेत्रकाे रूपमा पिरिचत अन्तुकाे अन्तु कटेज नामक एक हाेटलमा शुक्रबार बिहान अागलागी भएकाे छ । अागलागीबाट कटेजकाे ९ लाख बढीको क्षति भएकाे हाेटल सञ्चालकहरूले बताएका छन्र । सूर्योदय नगरपालिका-४ मा पर्रने अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएकाे हाे । आगलागीबाट कजेजको स्टोर रुम र बार पूर्ण रुपमा जलेर नष्ट भएको छ। अागलागीकाे कारणा भने खुलेकाे छैन । आगलागीको विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका इन्चार्ज बिमलकुमार निरौलाले जानकारी दिए। आगलागीबाट करिब ९ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ता कपडा लगायतका सामग्री जलेको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...