समाचार

वन पैदावार महासंघमा रोहित

गते ००:०० मा प्रकाशित

वन पैदावार महासंघमा रोहित

सन्दकपुर संवाददाता
इलाम, २८ पुष : राष्ट्रिय वन पैदावार महासंघको बिहीबार सम्पन्न सातौँ महाधिवेशनले रोहित खड्काको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले वरिष्ट उपाध्यक्षमा विनोद नेम्बाङ, उपाध्यक्षद्वयमा देवेन्द्र मुखिया र नारायणप्रसाद गुरुङ, महासचिवमा बुद्ध राई, कोषाध्यक्षमा खगेन्द्रप्रसाद दुलाल तथा सचिवद्वयमा इन्द्रकुमार तामाङ र दिनेश खनाललाई चयन गरेको निबर्तमान अध्यक्ष सोनाम छिरिङ काजीले सन्दकपुर अनलाईनलाई जानकारी दिएका छन् ।
त्यसैगरी अधिवेशनबाट सदस्यहरुमा क्रमशः ज्ञानबहादुर खत्री, निमा दोर्जे लाप्चा, प्रकाशकुमार राई, अनुप राई, चन्द्रबहादुर कटुवाल, अरुण बराल, मानबहादुर श्रेष्ठ, नेत्र पराजुली, सभिमान राई, दिलिप कार्की र राजन पौडेल चयन भएका छन् । अधिवेशन बिहीबार सदरमुकाममा सम्पन्न भएको हो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...