समाचार

बजार ब्यवस्थामा ध्यान दिइयोस्

गते ००:०० मा प्रकाशित

कृषिजन्य वस्तु उत्पादनका दृष्टिले इलाम जिल्लाले एक छुट्टै परिचय कायम गरेको छ । इलाममा जति प्राकृतिक विविधतायुक्त क्षेत्र छन्, त्यति नै विविधता कृषि उत्पादनमा पनि छ ।
खाद्यवाली र नगदेवाली दुवै क्षेत्रमा आधुनिक प्रविधिको सहायताले कृषि उत्पादन बढाउन सक्नु नै यहाँको जीवनस्तर उच्च हुनुसँग सम्बन्ध राख्दछ । तर उत्पादनको प्रत्यक्ष सम्बन्ध बजारसँग रहेको हुन्छ । बजार व्यवस्था राम्रो नहुँदा कृषि उत्पादन उच्च राख्न गरिएका सबै प्रयास निरर्थक हुन्छ ।
इलामका कृषकहरूको मुहारमा अहिले कान्ति छाएको छैन किनकि इलाममा उत्पादित अदुवा, आलु, अम्लिसो, केरा र अन्य नगदेवालीको मूल्य बृद्धि हुनको साटो खस्कँदै गएको छ । अलैचीको मूल्य केही आशा लाग्दो रहेपनि मूल्यमा स्थिरता छैन भने रोगका कारण उत्पादनमा पनि गिरावट आएको छ । इलामको दक्षिणी क्षेत्रमा फस्टाउने केरा खेतीको फसल लिने बेलामा यातायात र बजारको व्यवस्था ठिटलाग्दो हुँदा केरा खेतीतर्फ किसानले कम्मर कस्न सकेका छैनन् । केरा खेतीबाट प्राप्त वस्तुको उद्योग अभावका कारण मूल्यले राम्रो स्थान नओगटेको यथार्थको हो ।
इलामका दानाबारी, महमाई, चिसापानी लगायतका क्षेत्रबाट दिनहुँ १०–३० ट्याक्टरसम्म झापाको शनिश्चरे बजारमा निकासी भई त्यहाँ सड्ढलित केरा राजधानीमा जाने गर्छ । केरा खेतीबधाट धेरै किसिमका फाइदासँगै आर्थिक उपार्जन पनि हुने महत्वपूर्ण बाली भएपनि बजारका लागि राजधानीसम्म पु¥याउनुपर्ने बाध्यत्मक अवस्थाले ढुवानी खर्चको कारण उचित मूल्य पाइरहन सकेको छैनन् ।
यता चियाको मूल्यले किसानहरूमा केही आशा जगाए पनि मल, औषधी र उत्पादनसँग सम्बन्धित अन्य प्राविधिक समस्याले गर्दा चिया किसानहरू दिक्दारी महसुस गरिरहेका छन् ।
कृषि क्षेत्रका यिनै विस·तिहरूका बीच इलामका कृषि बालीहरू उत्पादन भईरहेका छन् । यस्ता विस·तिहरू बढ्दै गएमा किसानहरूमा नैराश्यता बढेर उत्पादनमा ह्रास आउन सक्छ । त्यसैले कृषकलाई कृषि उपज उत्पादनका लागि आकर्षित गर्ने प्रमूख विधि भनेको बजारको राम्रो प्रबन्ध गर्नु हो । यस कार्यमा सम्बन्धित पक्षले गम्भीर भएर सोची स्थानीय उद्योगहरू सञ्चालन गर्ने नीति अवलम्बन गर्न सके कृषि क्षेत्रमा उन्नति अवस्यम्भावी छ । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...