समाचार

इलामको देउमाईमा मापसे गरेका भाईले दाजु मारे

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २७ पुष :
इलामको देउमाई नगरपालिका ४ स्थित गुरुधारा चोक निबासी डिल्ली बाँस्तोलाले बिहीबार आप्mनै दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएअनुसार बिहीबार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा डिल्लीले दाजुको हत्या गरेका हुन् । 
५० वर्षीय अधबैँशे डिल्लीले मादक पदार्थ सेवन गरि दाजु ५५ वर्षीय गंगा बाँस्तोलालाई टाउकोमा दाउराले हिर्काएका थिए । गंगाको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । डिल्लीले सोही समयमा स्थानीय डिल्लीप्रसाद आचार्यकी ७ बर्षीया नाबालिका छोरी सन्ध्या आचार्यलाई कुटपिट गरेर घाइते बनाएको पनि प्रहरीले जनाएको छ । 
घाइते बालिका सन्ध्याको उपचारका लागि इलाम जिल्ला अस्पतालमा ल्याइएको भएपनि अवस्था गम्भीर भएको जनाइएको छ । डिल्ली बाँस्तोलालाई इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरीले नियन्त्रणमा लिई कार्यालयमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...