समाचार

कथाः “अस्मिता मेरी प्रेमिका“

गते ००:०० मा प्रकाशित

कथाः “अस्मिता मेरी प्रेमिका“

भगीरथ भण्डारी
अस्मिता दरो पार्टी चाहिन्छ है तिम्रो जन्मदिनमा, अस्मिता सङ्ग भनेको थिए । चैत्रमा, अस्मिताको जन्मदिन । अझ एकहप्ता जति बाकीँ थियो उसको जन्मदिन आउन । उसलाई उपहार दिन म सङ्ग केही थिएन । पैसाको अभाव परिरहेको थियो । हरेक महिना खर्च स्वरुप दश हजार आउथ्यो । तर त्यो पैसा हप्ता दिन नबित्दै कसरी सक्किन्थ्यो पत्तै नहुने।यो इलाममा पैसा कमाउन मात्र गार्हो थियो,कमाएको पैसा खर्च गर्न भने एकदम सजिलो । म होस्टेल छाडेर दाई सङ्ग
डेरामा बस्न थालेपछि,पैसाको कत्ती महत्त्व छ भन्ने कुरा राम्रै सङ्ग बुझियो ।
कतैबाट पैसा आउन
सकेन । बुद्दी दाइ सङ्ग पैसा माग्न हिम्मत जुटेन । अन्तमा केही सिप नलागेपछि,मोबाईल बेच्ने सोचमा पुगे । त्यती बेला म सङ्ग स्याम्सङ्ग २ थियो । इलाम स्थित एक मोबाईल डिलरमा गएर मोलतोल गरियो । डिलर र मेरो दुवैको सल्लाहमा १० हजार रुपैयाँमा मोबाईल को भाउ फिक्स भयो । त्यसबेला सायद कम नै थियो होला त्यो मूल्य तर यता मेरो आइपरेको आवश्यकताका अगाडि त्यही रकम ठुलै ठहरीयो । घरमा मोबाईल हरायो भनेर झुटो कुरा गरे । पछि हजार रुपैयाँ पर्ने एउटा सिम्पल मोबाइल सेट किने ।
आइतबार परेको थियो,उसको जन्मदिनको दिन । जन्मदिनको अघिल्लो रातनै एड्भान्समा शुभकामना दिएर भोलिको प्लान बताएको थिए । प्लानै बिहानको दश बजे हामी इलाममा भेट
भयौ । कामको शिलशिलामा बुद्दी दाई झापा जानुभएकाले,उसलाई कोठामै लिएर गए । कहाँ जाने भनेर झन्झट भएन ।
इलामको बैद्य पसलमा एकदिन अगाडि नै केक अर्डर
गरेको थिए । उसलाई रुममा बस्न भनेर म,पसल गए । त्यहाँ बाट केक लिएर सिधै कोठातिर लागे । उ बेडमा पल्टीरहेकी थिई । म कोठामा छिर्ने बित्तिकै उ जुरुक्क उठि । टेबलमा केक राखेर त्यसमाथी एक्काइस वटा क्यान्ड्ल गाडे । किनकि उ त्यस दिन बाट एक्काइसमा लागेकी थिई । क्यान्डलमा लस्करै दिप जलाउदै गए । अनि म एक्लैले ताली पड्काउदै जन्मदिनको शुभकामना दिए । उसले केकको सानो टुक्रा काटेर आधा मलाई खुवाइदिई अनि आधा केक मैले उसलाई खुवाईदिए । त्यसपछि उसलाई मैले आँखा खोल नभने सम्म आँखा चिम्म गरिराख्न भने ।
किस गर्नलाई हो ?उसले हाँस्दै भनी,हो भने आँखा चिम्म गर्दिन म ।
होइन के,सरप्राईज दिनका लागि हो, मैले भने ।
उसले आँखा चिम्म गरि । बर्थडे गिफ्ट स्वरुप उसलाई किनिदिएको घडी उसको हातमा लगाईदिए ।
ल,ओपन योर आईज अस्मितालाई आँखा खोल्न भने ।
वाउ,आँखा खोल्ने बित्तिकै उसले आफ्नो हातमा रहेको घडी देख्दा यहि भनेकी थिई ।
उसको जन्मदिन रमाइलो सङ्ग बित्यो । मेरा लागि भनेर उसले डेरि मिल्क सिल्क,फाईभ स्टार,स्नीकर्स,बन्टी जस्ता विभिन्न चकलेटहरु ल्याईदिएकी थिई । ती सबै चकलेटहरु एक बसाईमै सक्यौ हामी दुईले । आधा उ खान्थी अनि आधा म खान्थे । यसरी जुठो साट्दा माया झन बढे झै हुन्थ्यो ।
दादा अब निस्कन्छु । कलेज जान लेट हुन्छ फेरि, अस्मिताले भनी ।
आज यतै बस न अस्मिता म नि एक्लै छु यता, के भन्दी
रहिछे भनेर बुझ्न खोजे ।
बढी बोल्ने हैन है । अब बिहे भएपछी बल्ल हो सङ्गै बस्ने,आँखा तर्दै भनी ।
अस्मिता सङ्ग यस्ता साना तिना कुरामा जिस्किरहन्थे म । बेला बेलामा उ पनि जिस्किरहन्थी । उ सङ्ग यसो गर्दा छुट्टै आनन्द आउँथ्यो । केही छिनपछि उसलाई चोक सम्म पुर्याएइ
दिए ।
बिएड तेस्रोवर्षको परीक्षा नजिकिदै थियो । पढाई डामाडोल थियो मेरो । कुनै पनि विषयका नोटहरू थिएनन् म सङ्ग । म रिल्याक्समा थिए । किनकी अस्मितासङ्ग यी सब समस्याहरुको समाधान थियो । अस्मिताकै
भरोसामा थिए । उसै सङ्ग नोटहरु मागेर फोटोकपी गराए । त्यसपछि अलिअली पढ्न थालियो । नजानेका प्रश्नहरु फोनबाटै सोध्थे अस्मिता लाई । उ सहजै बताईदिन्थी ।
जब परीक्षा नजिक नजिक आउन लागेको हुन्थ्यो तब हामी दुईको भेटघाट कम हुन्थ्यो । यस्तै थियो हामीले चलाएको चलन । पढाईकै बारेमा धेरै कुरा गर्थ्यौ । जसोतसो गरेर बिएडको परीक्षा सकियो । हामी दुवैको राम्रै भएको थियो बोर्ड परीक्षा । मैले फर्स्ट डिभिजन आउँछ भन्ने आशा
राखेको थिए अनि उसले डिस्टिङ्ग्सनको ।
 परीक्षा सकिए पछि अस्मिताले मलाई भनेकि थिई, दादा,कुलधारा तिर एउटा रुम खोजिदीनुन है ! अब भाई पनि यतै कलेजमै आउदै छ ।
क्लासको साथि त्यतै तिर कोठा लिएर बसिरहेको हुनाले सजिलो भयो । अस्मिताले भनेको केही दिनमै एउटा किचन र एउटा कोठा भएको फ्ल्याट मिल्यो । कोठा मिलेपछी अस्मिता लाई कोठा हेर्नका लागि बोलाएको
थिए । अस्मिताले आफ्नो भाईलाई पनि लिएर आएकी रहिछे । उसको भाई सङ्ग परिचय गराईदिई । उसको भाई सङ्ग हातमिलाउदै भने,भाई,म भगीरथ । तिम्रो दिदीको नजिककोसाथि !
दादा,म सरोज , अस्मिताको भाईले भन्यो ।
दिदी भाई दुवैलाई राम्रै लागेछ फ्ल्याट । घरको साहु सङ्ग कुरा गरेर महिनाको तीन हजार भाडा दिने सहमतीमा कुराको छिनोफानो गरियो । पन्ध्र दिन जतिको छुट्टी थियोर्,  परीक्षा
पछि । तर दिदी भाइ दुवै  घर नजाने भएछन् । उसको कोठाको सबै बन्दोबस्त मिलाइदिएर एक हप्ताका लागि म घर तिर
हानिए । घर नगएको धेरै भएको थियो । कतिखेर देख्न पाइएला झै भईरहेको थियो,आमा
बुबालाई । अन्ततः घर पुगेपछि त्यो चहाना पूरा भयो ।
आमा बुबा मन्दिरका देवता भन्दा माथी छन् । यो कुरा मैले अस्मिता लाई पनि धेरै पटक भनेको छु । कहिले काहीँ उसले मलाई सोध्थी, दादा ! तपाइले मलाई र आफ्नो बुबा आमा मध्ये कसै एकलाई रोज्नु पर्यो भने को हुन्छ तपाइँको रोजाई ? मैले सहजै भनिदिन्थे, आमा बुबा मैले पुज्ने देवता हुन,अनि तिमी मेरो प्राण । यी दुवै चिज बिना आफ्नो अस्तित्व कल्पना गर्न सक्दिन ।
घरको एक हप्ता बसाईमा,धेरै कुराहरुको अनुभुती भयो । आफूमाथी जिम्मेवारी थपिएको भान भयो । बुबा आमाले धेरै नै सम्झाउने प्रयास
गर्नुभयो ।इलाम फर्कनु भन्दा अगाडि बुबाले भन्नूभएको कुरा दिमागमा खेलीरहन्छ । उहाँले भन्नूभएको थियो,सहरमा गएको छ,दायाँबायाँ लाग्ने होइन । आफ्नो काम खुरु खुरु गर्ने । अरु सङ्ग मतलब नराख्ने । ल छोरा धेरै के भनिराख्नु घरको व्यहार के कस्तो छ बुझेकै छस् । राम्रो काम गरेर कुलको इज्जत राख्नु । कहिले काहीँ आफुले कतै बाटो बिराईएको त छैन भनेर सोच्न पुग्छु ।.
दादा यता मेरो रुममा आउनुन । समान किन्न जानू पर्ने छ,इलाम आएको अर्को दिन अस्मिताले फोन गरेर बोलाई ।
दाईलाई साथीकोमा गएर आउछु भनेर कोठाबाट निस्किए म । अस्मिताको कोठामा पुग्न धेरै समय लाग्यो । जहिले पनि लेट गर्नूहुन्छ है अल्छी । अस्मिता भन्दै थिई । तिमी जस्तो जागरुक हुनै सकिएन भनेर  भनिदिन्थे उसले यसो भन्दा । उसको भाई पनि हास्दैँ थियो मेरो कुराले । केही समय पछि अस्मिताले चिया बनाएर ल्याई । उसलाई थाहा थियो मलाई चिया मनपर्छ
भनेर । उसले जम्म दूइ कप बनाएर ल्याएकी थिई । एउटा आफुले लिई अनि अर्को मलाई दिई ।
भाईलाई खोइ त ? अस्मिता लाई मैले सोधे ।
मलाई मन पर्दैन दाई,भाइले भन्यो ।
तपाइको सालोलाई धेरै चिज मनपर्दैन, अस्मिताले हास्दैँ भन्न थाली,भेना पो मनपर्यो कि
परेन ?
यो के भईरहेको छ । म अलमलिए । म सोच्न पुगे । होइन भने आफ्नै भाईको अगाडी उ किन यस्ता कुरा गर्दै थिई । तर म केही बोल्नै सकिन । बस् नजरको सहायताले तिमीलाई पख  भन्ने भाव उ प्रति फेकिरहेको थिए । केही नबोली हास्दैँ हास्दैँ उ किचनमा गई,खाली कप
लिएर । भाइ पनि हासिरहेकै
थियो । किचनमा गएर अस्मिता लाई सोधे, अस्मिता अब तिम्रो भाईले थाहा पायो यार हाम्रो रिलेसन चलेको कुरा,बेकारमा जान्ने भएर किन त्यस्तो कुरा गरेकी ?
कुल डाउन दादा ! उसलाई मैले पहिले नै भनिसकेको थिए,हाम्रो रिलेसनको बारेमा । तपाइको मुहारको एक्सप्रेसन देखेर पो हासँ उठ्यो डेन्जर,हासोँको खित्का छोड्दै भनि ।
उसको र मेरो रिलेसनको बारेमा भाइलाई थाहा भएको
कुरा मलाई ज्ञाननै थिएन । त्यसैले म आत्तिएको थिए,त्यस समय । उसै बखत मेरो मुहारमा देखिएको एक्सप्रेसनले गर्दा दिदी भाईका लागि हासोँको पात्र बनेछु । तर पछि मै आफैलाई हासोँ उठ्यो,त्यो कुरा सम्झेर ।
त्यसो भए,भाइलाई सबै
कुरा थाहा छ हैन ?, अस्मितालाई प्रश्न गरे । अँ,उसले यति मात्र के भन्दै थिई उसलाई मेरो अघिल्तिर तानेर उसका नशालु ओठमा किस गरे । उ आँखा चिम्म गरेर मेरो अङ्गालोमा बेरिई ।
ला दादा । ढोका त खुल्लै रहेछ ।,मेरो अङ्गालोबाट छुट्टिनासाथ अस्मिताले भनि ।

कसैको नाम सँग मिलेमा सँम्योग मात्र हुनेछ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...