समाचार

चतुरे–इभाङ सडक कालोपत्रे गरिने

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
माङ्सेबुङ, २५ पुष :
पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाको केन्द्र पर्ने चतुरेदेखि साविक इभाङ गाविससम्मको १३ किलोमिटर मोटरबाटो कालोपत्रे गरिने भएको छ । उक्त बाटो कालोपत्रे गर्ने कार्यका लागि ३८ करोड बजेट बिनियोजन गरिएको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ । 
गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोका अनुसार मङ्गलबार इभाङमा बसेको सर्वपक्षीय बैठकले उक्त बाटो कालोपत्रे गर्नका लागि निर्णय गरेको हो । ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआईपी)को सहयोगमा बाटो बनाइने भएको हो । मेची राजमार्गको नेपालटारबाट मङ्गलबारे, गजुरमुखी, इभाङ, चतुरे, आदिपुर, बेलडाँगीहुँदै दमक पुग्ने सडक अन्तर्गतको इभाङ चतुरे खण्ड १३ किमी कालोपत्रे गरिने भएको हो । उक्त बाटोको लागि आवश्यक पर्ने जग्गाको स्वामित्व नेपाल सरकारको नाममा हस्तान्तरण गर्न बैठक बसेको हो । बैठकमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गाना, मंगलबारे मालपोत कार्यालय प्रमुख तारानाथ दङ्गाल, वडाअध्यक्ष मैतराज राई समेतको सहभागिता रहेको थियो ।
उक्त सडक कालोपत्रे गर्नका लागि छिट्टै ठेक्का खुलाइने पनि अध्यक्ष इदिङ्गोले सन्दकपुर अनलाइनलाई जानकारी दिएका छन् । इलामको सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गममा पर्ने माङ्सेबुङ गाउँपालिकामा हालसम्म कालोपत्रे सडक छैन । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...