समाचार

अकबरेको बजार आवश्यक

गते ००:०० मा प्रकाशित

सन्दकपुर दैनिक
अभावले अति निम्न, निम्न र मध्यम वर्गका नेपालीलाई ग्रसित तुल्याएको छ । बिहानबेलुका हातमुख जोर्नै समस्या निम्न वर्गमा विद्यमान छ र उनीहरू यसको लागि दैेनिक १८ घण्टा खट्न पनि तयार रहन्छन् । यस वर्गको लागि लाउने कपडा र बस्ने घरको कुनै चिन्ता रहत्र । शीत छल्ने झोपडीमात्र भए उनीहरूलाई पुग्छ र टालटुले कपडा लगाएर पनि निर्वाह गर्छन् । उनीहरू राती ओड्ने र ओछ्याउने कुराको कमै फिक्री गर्छन्, मुख ढाक्ने एउटा टालो भएमा रातभर अग्याना (अगेनो)को छेउमा सुतेर बिस्मात वा आनन्दका सपनाहरू देख्न सक्छन् । शीतलहर चलेका बेला यस्तै मानिसहरू हुन्– बाध्यताको मृत्युवरण गर्छन् । 
निम्न वर्गका नागरिकहरूलाई अलि बढी समस्याहरू पर्छन् । खानेकुरा भए पनि मिठो र स्तरीयको चाहना, लाउने लुगा भए पनि राम्रो र न्यानो, सकिनसकि सन्तानलाई स्कुल पढाउने र सामाजिक रीतिरिवाजमा इज्जत धात्रे समस्याहरू ब्यापक देखिन्छन् । यस वर्गका मानिसहरूमा प्रतिष्पर्धा, लज्जा, हिनताबोध र उतार चढाव मानसिकता रहेको पाइन्छ । मध्यम वर्गमा झनै धेर समस्याहरू छन् । उनीहरूलाई समाजले भएको देख्छ । आलोचना गर्नेहरूले उनीहरूको कमाइको माध्यम शोषण भएको अर्थ लगाउछन् । सामाजिक दानदातब्य वा चन्दा आदिमा उनीहरूलाई च्याप्ने गरिन्छ । उनीहरूको पेशा सानो जागिर, सानो खेती, वा सानो ब्यवसाय हुनसक्छ तर त्यो आर्जनले उनीहरूलाई धरायसी र समाजिक प्रतिष्ठा अनुसार चल्न गाह«ो परेको देखिन्छ । 
एउटा समाजमा यी ३ वर्गका नागरिकहरूको बीचमा एक प्रकारको ऐक्यबद्धता रहेको देखिन्छ । हारगुहार, अर्मापर्मा र सरसापटका लेनदेनहरू भैरहेका हुन्छन् । यी तिनै वर्गका मानिसहरू कसैले आर्थिक प्रलोभन देखाएमा छिटै बिश्वास गर्छन् । त्यसैले प्रलोभनमा परेर बेचिन पुग्ने गर्छन् । चुनावमा दलहरूले आर्थिक उत्रतिको प्रलोभन देखाएर भोट माग्दा बिश्वासमा पर्ने वर्ग यिनै हुन् । उनीहरू आफेनो बिवेकले उत्रतिको मार्ग पहिल्याउन सक्तैत्र् र नौलो पेशामा लाग्न र अबैध काम गरेर आर्जन गर्ने कुरा सोच्न पनि सक्दैनन् । देश र बाँक िदुनियाँकालागि मरीमेटेर इमान्दारितापूर्वक सेवामा लगाइने यिनै मानिसहरू हुन् । 
नेपालमा मन्त्री बत्रे होडबाजी चल्छ । चुनावको उम्मेदवारी दिने बेलामा दलहरू ठूलै ब्यापार गर्छन् भत्रे हल्ला हुन्छ । भोट माग्ने र दिने शैली आफैँमा ब्यापार जस्तो देखिन्छ । संविधानदेखि लिएर देशका हरेक कानून, नियम र आर्थिक कारोबारका निर्देशक सिद्धान्तमा नेपालका यही वर्गको उत्थान र समृद्धिको कुरा सँगेटिने गरेको छ तर यही वर्ग नेपालमा सधैँ आर्थिक उपेक्षामा परेको छ । 
यो वर्ग अहिले आफैँ आर्थिक उत्रति गर्ने सोचमा पुगेको छ । देशभित्रै परिश्रम गर्ने वातावरण खोज्दैछ । इलामका पाँच “अ”का अभियन्ता उनै हुन् । चिया कारखाना, अलैँची ब्यापार, ठूला डेरी उद्योग, सहकारी विकास आदिका आधार हुन् । उनीहरू चार मनजति अदुवाको बीऊ रोप्न पाए वा एउटा लैनो गाईसम्म पाल्न पाए हुने थियो भत्रे सोचमा रहेका छन् । २ सय बोट खोर्सानी रोप्न पाए नगद हात लाग्ने कुरामा उनीहरू बिश्वस्त हुन थालेका छन् । तर, बिवशताले उनीहरूलाई रोक्ने गर्छ ।
उनीहरूसँग चाहिँदो मात्रामा बारी छैन । मलखाद्को ब्यवस्था गर्न सम्लैनन् । प्रविधीको ज्ञान छैन । उत्पादन गर्नेहरूको फसल बारीमा कुहिएको देख्छन् । चार लिटर दूध वा २ किलो अकबरे बेच्न बजार कुद्ने पूmर्सद उनीहरूमा हुत्र । यसबर्ष त न अदुवा बिकेको छ, नत अकबरे नै उचित मूल्यमा बिक्यो । भनिन्छ उत्पादन बृद्धिको खाँचो छ । तर लाग्छ अब भने बजारको खाँचो छ । यसबारेमा विज्ञका भावना मिडियाले यो वर्गसम्म पु¥याउन सक्नुपर्ने देखिन्छ । यही पत्रिकाको मङ्गलबारको अङ्कमा अकबरे खोर्सानी खेतीको बारेमा छापिएको लेख अकबरे खोर्सानी रोप्ने किसानको लागि ‘मेन्यूवल’ नै हो । बजारीकरण बारेमा पनि विज्ञहरूका यस्ता सल्लाह आउन् र ब्यवस्थापनको जिम्मा लिने निकायलाई औँल्याउने कोशिष गरियोस् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...