space for add
space for add

समाचार

वडासचिव काप्mले निलम्बित

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २५ पुष :
इलाम नगरपालिका वडा नम्बर ६ मा वडा सचिवको रूपमा कार्यरत इलाम नगर कार्यपालिकाका लेखा अधिकृत महेश काफ्लेलाई नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले निलम्बन गरेका छन् । पटक–पटक मादकपदार्थ सेवन गरी कार्यालयमा आएको र पदीय आचरणविपरित कार्य गरेको आरोपमा उनलाई निलम्बन गरिएको इलाम नगरपालिका, नगर कार्यपालिका कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा दाखिला गर्नुपर्ने रकम समयमा कार्यालयमा दाखिला नगरेको र मादक पदार्थ सेवन गरी कार्यालयमा गएको गुनासो पटक–पटक आएको भन्दै खाम्याहाङले काफ्लेलाई निलम्बनको पत्र काटेका छन् । जाँचबुझ समाप्त नहुञ्जेललाई निलम्बन गरिएको उनले पत्रमा उल्लेख गरेका छन् । पत्रमा इलाम नगरपालिका ६ कै सेवाग्राही वीपीन फूएलले सेवा लिन गएको बखत वडा सचिव काफ्लेले राजश्व तिर्दा रसिद नदिएको उल्लेख छ । 
प्राप्त जानकारी अनुसार फूएल जिल्ला प्रशासन कार्यालय इलाममा कार्यरत प्रशासकीय अधिकृत देवीचरण फूएलका छोरा हुन् । वीपीनलाई काफ्लेले राजश्व बुझ्ने क्रममा ‘एक सय रुपैयाँ दिनु रसिद नकाटुँ’ भनेको र ‘नगर कार्यपालिकामा उजुरी दिएमा तेरो काम गर्दिन’ भनेर धम्क्याएको समेत बताइएको छ । 
वीपीनका उजुरीका आधारमा नगरपालिका कार्यपालिका कार्यालयले काफ्लेमाथि छानबिन अगाडि बढाएको हो । 
काफ्ले निलम्बनका विषयमा छानबिन गर्नका लागि नगरपालिकाले छानबिन समिति बनाएको र १५ दिनभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ । 
इलाम बजार निबासी काफ्ले नगरका ‘सिनियर’ कर्मचारीमध्ये पर्दछन् । उनले यसअघि तत्कालिन नगरपालिका कार्यालयको राजश्व शाखा प्रमुखको रूपमा समेत काम गरिसकेका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...