space for add
space for add

समाचार

होटल र सवारी मजदुरलाई पर्यटन मैत्री बन्न सुझाव

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २५ पुष :
  पर्यटनका लागि पर्याप्त स्थान भएर पनि यहाँ एकीकृत रुपमा पुर्वाधारका काम हुन नसकेको पर्यटन क्षेत्रका सरोकारवालाहरूले औँल्याएका छन् । मङ्गलबार इलाममा आयाजित इलामको पर्यटन विशेष छलफल कार्यक्रममा उनीहरूले कृषि पर्यटनको साथसाथै भौतिक पुर्वाधार विकासमा पनि प्राथमिकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 
कार्यक्रममा प्रदेश सभाका सांसद धिरेन्द्र शर्मा ‘रमण’ले सकारात्मक रूपमा पर्यटन क्षेत्रलाई अगाडि बढाउन आग्रह गरे । उनले पुर्वाधारसमेतका विभित्र कार्यहरू अगाडि बढेकाले चाँडै पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए । 
अर्का प्रदेशसभा सांसद रामबहादुर रानाले एकीकृत रूपमा पुर्वाधार र सचेतनाका कार्यक्रमलाई पर्यटन क्यालेण्डर नै निर्माण गरेर अगाडि बढ्न सकिने बताए । 
इलाम नगर पालिकाका प्रमुख महेश बस्नेतले पर्यटन, शिक्षा, कृषि र स्वास्थ्यलाई टाइअप गरेर अगाडि बढ्नुपर्ने औँल्याए । उनले नगरले एक शहर एक पहिचान कार्यक्रममा पर्यटनलाई समावेश गर्ने तयारी गरेको र विस्तृत सर्भेक्षण पुरा गरेको जानकारी दिए । 
नगरले पुवामझुवामा रहेको बेतेनीमा भौतिक पुर्वाधारका कार्य थालेको, भञ्ज्याङबाट सोयाक बेलासे हँुदै झापा जोड्ने फास्ट ट्¥याकमा नगरले रकम छुट्याएको समेत बताए । उनले तिल्केनीमा पोखरी र उद्यान निर्माण र अरनिको साँस्कृतिक सङ्ग्रहालय पुनः ब्युताउनुपर्ने बताए । पुर्व नगर उप प्रमुख कृष्णप्रसाद श्रेष्ठले नयाँ सोच र नयाँ आधारमा पर्यटनलाई अगाडि लान सुझाए । 
कार्यक्रममा बुद्धिजिवी युद्धप्रसाद बैद्यले जिल्लामा पर्यटकहरू आउने क्रम बृद्धि भए पनि ब्यावसायिक नभएको औैँल्याए । उनले बिगतमा बनाइएको पर्यटन ब्यवस्थापन गुरुयोजनाअनुसार काम नभएको बताए । 
पशुपतिनगर नाकामा अध्यागमन खुलेर पनि भारततर्फले पहल नगरेपछि कार्यान्वयन नभएको बताए । दार्जिलिङ सिक्किमबाट आएका बिदेशीलाई इलाम आउन यसले असहज भएको तर्क उनको थियो । 
पूर्वेली ट्याक्सी तथा जीप ब्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले होटल ब्यवसायी र ट्याक्सी ब्यवसायीले आचरणमा सुधार गरी पर्यटकमैत्री कार्य गर्नुपर्ने बताए । होटल ब्यवसायी राजन श्रेष्ठले इलाममा आन्तरिक पर्यटकमा पनि शैक्षिक भ्रमणका टोली धेरै आउने गरेकाले उनीहरूलाई सुविधा सम्पत्र रूपमा बसाउन सक्नुपर्ने बताए । उनले सबै क्षेत्रका ब्यवसायीले मिलेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा मेची पहाडि पर्यटन प्रवद्र्धन विकास समितिका सञ्जीव पौडेल, राजेन्द्र बराल, कृषि ब्यवसायी महानन्द ओझा, इलाम उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालु, अलैँची ब्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी र दिब्या भट्टराईले कृषि र पर्यटनको आधारमा अगाडि बढ्न सुझाए । 
इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष विजय राईको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव देवी पौडेलले संस्थाले आगामी दिनमा पर्यटन रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । 
उनले पाथिभराको माटो, माईपोखरी र अर्जुनधाराको जल र इलामका गीतहरूसहित मेचीकाली प्रचार यात्रा गर्ने समेत जानकारी गराए । बिगतमा गरेका कार्यहरूको समीक्षा गर्दै इलाममा चिया सङ्ग्रहालय बनाउन पहल गर्न उनले सुझाए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...