space for add
space for add

समाचार

बहस र पैरवी सीपका लागि सहकारीहरूलाई तालिम

गते ००:०० मा प्रकाशित

बहस र पैरवी सीपका लागि सहकारीहरूलाई तालिम

सन्दकपुर संवाददाता
इलाम, २५ पुष
: चिया उत्पादक जिल्ला सहकारी संघ लि (डीटीसीएफ)इलामको आयोजनामा इलाम सदरमुकाममा मङ्गलबार ‘किसानहरूको पैरवीको लागि परामर्श औजार’ (फ्याक्ट) तालिम शुरु भएको छ । डेनमार्क सरकारको सहयोग तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहकार्यमा प्रदेश नम्बर १ का सात वटा जिल्लामा सञ्चालित उत्रति समावेशी बृद्धि कार्यक्रम अन्तर्गत इन्टरनेशनल लेबर अर्गनाइजेशन (आईएलओ)ले सञ्चालन गरिरहेको एड्भोकेसी फर राइट एण्ड गुड गभर्नेन्स परियोजनाको सहयोगमा डीटीसीएफले यो कार्यक्रम सञ्चालन गरेको हो । 
इलामका चिया सहकारी संस्थाहरूका अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरूलाई लक्षित गरि बहस र पैरवी सीप विकास गर्नका लागि यो कार्यक्रम सञ्चालन भइरहेको आयोजक संघले जनाएको छ । फ्याक्ट विधी किसानहरूको वास्तविक समस्यालाई माथि उठाई बहस र पैरवीको माध्यमबाट त्यसको कसरी समाधान निकाल्न सकिन्छ भन्ने विषयबस्तुसँग सम्बन्धित रहेको संघले सञ्चालन गरिरहेको परियोजनाका संयोजक चन्द्र लोक्तामले बताए । 
नेपालको संविधानमा नै तीन खम्बे अर्थनीति (सार्वजनिक, निजी तथा सहकारी) अवलम्बन गरेको परिस्थितिमा सहकारी संस्थाहरूको क्षमता अभिबृद्धि गरि उत्तरदायी ब्यवसायमा सहयोग पु¥याउने उद्धेश्यले ५ दिने तालिम शुरु गरिएको हो । तालिममा केन्द्रीय चिया सहकारी संघ लि. नेपालका महासचिव रबिन राईले सहजीकरण गरिरहेका छन् । 
तालिममा इलाममा स्थापना भई सञ्चालन भईरहेका २२ वटा चिया सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको छ । तालिम कार्यक्रममा किसानहरूको वास्तविक समस्या पहिचान गरि सहभागितामूलक अनुसन्धान गरि उत्कृष्ट प्रस्तावना लेखनमार्पmत सरोकारवालाहरूको पहिचान तथा नक्शाङ्कन एवम् बहस र पैरवी गर्ने विषयबस्तुमाथि सहजीकरण हुनेछ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...