space for add
space for add

समाचार

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा

गते ००:०० मा प्रकाशित

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा

सन्दकपुर संवाददाता
इलाम, २४ पुष :
इलाम नगरपालिका ५ को बरबोटेमा अवस्थित अमर माविको सुस्त मनस्थिति स्रोत विद्यालयका बौद्धिक अपाङ्गता भएका २३ जना विद्यार्थीहरूलाई जाडो छल्न न्यानो कपडा सोमबार कार्यक्रममा वितरण गरिएको छ । उनीहरूलाई इलामेली जनसम्पर्क मञ्च मलेशियाको तर्पmबाट न्यानो कपडा उपलब्ध गराइएको हो । 
प्रवासी इलामेलीहरूले ‘बाचौँ र बचाऔँ’ भत्रे नाराका साथ ३५ हजार मूल्य बराबरका जम्पर, ट्रयाक, मोजा र पञ्जा वितरण गरेको मञ्चका सल्लाहकार बुद्धिमान राईले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाविन्द पौडेलको अध्यक्षतामा मञ्चका सदस्य होम प्रसाद भट्टराईले विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । काठमाण्डौबाट अमितकुमार श्रेष्ठ र केसाङ लामा (योल्मु)ले मञ्चका तर्पmबाट इलामसम्म कपडा ल्याउन सहयोग गरेका हुन् । 
बिगतदेखि मञ्चले मलेशियामा दुःख पाएका श्रमिकलाई सहयोग, जेलमा परेकाको उद्धार, रकम नभएर स्वदेश फर्कन नसकेका नेपालीलाई हवाई टिकट उपलब्ध गराउने जस्ता सेवामूलक काम गर्दै आएको छ । (तस्विरमा न्यानो कपडा वितरण कार्यक्रमपश्चात कपडा लगाएर सामूहिक फोटो खिचाइँदै ।)


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...