space for add
space for add

समाचार

इलामका अग्रजहरुलाई राजधानीमा सम्मान

गते ००:०० मा प्रकाशित

इलामका अग्रजहरुलाई राजधानीमा सम्मान

सन्दकपुर संवाददाता
काठमाण्डौ, २३ पुष :
इलाम विकास समाज काठमाण्डौको आयोजनामा आइतबार राजधानीमा इलामका विशिष्ट तथा सम्मानित ब्यक्तित्वहरूका लागि एक स्वागत सम्मान कार्यक्रम सम्पत्र गरियो । समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पत्र कार्यक्रममा नेपालको प्रशासन, स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरत आठजना विशिष्ठ ब्यक्तित्वहरूलाई सम्मान गरियो । 
सम्मानित ब्यक्तित्वहरुमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सूचना विभागका महानिर्देशक बीरबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक पङ्कज श्रेष्ठ, नेपाल प्रहरीका (नायव प्रहरी महानिरीक्षक) डीआईजी मनोज न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका (नायव प्रहरी महानिरीक्षक) डीआईजी महेन्द्र भट्टराई, नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पीताम्बर अधिकारी, वीर अस्पताल नसिंङ क्याम्पसका प्रमुख प्रमिला देवान र शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका बरिष्ठ नर्सिङ प्रशासक चम्पा श्रेष्ठ छन् । 
उनीहरुलाई इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले दोसल्लाले, इलामका अग्रज समाजसेवी याम कर्माचार्यले अबिर र धरणी गौतमले खादा पहि¥याएर सम्मान गरेका थिए । सो अवसरमा सम्मानित ब्यक्तित्वहरू सबैले इलामको विकास, श्रीबृद्धि र इलामेहरुको क्षमता अभिबृद्धिका लागि आफूहरू प्रतिबद्ध भएर सदैव कृयाशील रहने प्रतिवद्धत्ता ब्यक्त गरे । उक्त सम्मान कार्यक्रममा इलामका सञ्चारकर्मी लोकनाथ सुबेदी, कृषि उद्यमी गोविन्द दाहाल समाजसेवी नरनारायण बत्स, सरस्वती कर्माचार्य र पुण्य घिमिरेलगायतले शुभकामना मन्तब्य राखेका थिए । 
समाजका अध्यक्ष राधेश्याम लेकालीले समाजले आगामी माघ १ गते माघे सङ्क्रान्तिका अवसरमा काठमाण्डौमा माइबेनी साँझ आयोजना गर्ने, इलामको चिनारीका लागि राजधानी इलाम हाउस स्थापना र सञ्चालन गर्ने बताए । समाजका महासचिव प्रदिप घिमिरेले संसारभरी छरिएर रहेका इलामेहरू र इलामलाई माया गर्नेहरूको साझा मञ्चका रूपमा विकास गर्दै गैर राजनीतिक संस्थाका रूपमा इलामका विविध पक्षका सम्भावना र उपलब्धीहरुलाई संयोजन गरि प्रवद्र्धनात्मक कृयालाप गर्ने, इलामको विकासका विविध पाटोमा बहुआयामिक छलफल तथा अध्ययन अनुसन्धान र परियोजनाहरू विकास गरि कार्यान्वयन गर्ने, जानकारी गराए । कार्यक्रममा इलामका स्रष्टा द्रोण पराजुली र सुलोचना कर्माचार्यले स्वागत गान प्रस्तुत गरेका थिए । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...