समाचार

सर्टिफिकेशन ट्रेडमार्कपछि चियाको मूल्य बढ्ने

गते ००:०० मा प्रकाशित

सर्टिफिकेशन ट्रेडमार्कपछि चियाको मूल्य बढ्ने

सन्दकपुर संवाददाता
जस्वीरे (इलाम), २३ पुष :
चिया विशेषज्ञ तथा चिया उद्योगी चन्द्रभूषण सुब्बाले नेपाली अर्थोडक्स चियाको  सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयनमा आएपछि पत्ती र तयारी चियाको मूल्य स्वतः बढ्ने बताएका छन् । ट्रेडमार्क कार्यान्वयनमा ल्याउने पत्ति उत्पादकदेखि कारखानासम्मले बिदेशी बजारमा पहुँच राख्ने र हालको स्व्देशी तथा भारतीय बजारको भन्दा बढी मूल्य पाउने उनको भनाई थियो । 
हिमालयन अर्थोडक्स टी प्रोड्यूसर्स एशोसिएसन (होड्पा)का प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सुब्बाले होड्पाकै आयोजनामा इलाम नगरपालिका ४ को जस्वीरेमा रहेको चिया बिस्तार योजनाको प्राङ्गणमा आइतबार सम्पत्र  नेपाली चियाको गुणस्तर चिन्हसम्बन्धी चिया कृषकस्तरको कार्यशालामा उक्त कुरा बताएका हुन् । कार्यक्रममा सहजीकरण गर्दै उनले सर्टिफिकेशन ट्रेडमार्क तयार भएर चिया तथा विकास बोर्ड तथा नेपाल सरकारले प्रमाणित गरिसकेकोले अब पत्ती र तयारी चिया उत्पादकले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 
डेनमार्क सरकारको सहयोगमा प्रदेश नम्बर १ का सातवटा जिल्लामा सञ्चालन भइरहेको उत्रति समावेशी बृद्धि कार्यक्रमअन्तर्गतको इन्टरनेशनल लेबर अर्गनाइजेशन (आइएलओ)ले सञ्चालन गरिरहेको पैरबी चुनौति कोषमार्पmत होड्पाले यो कार्यक्रम गरेको हो । कार्यक्रममा किसान, उद्यमी र ठूला कारखानासम्मलाई पैरवीमार्पmत सर्टिफिकेशन ट्रेडमार्कसम्बन्धी जानकारी गराइँदै आएको बताइयो । 
जस्वीरे चिया बिस्तार योजनाका योजना प्रमुख रामवतार शाहको अध्यक्षतामा भएको कार्यक्रममा कृषि प्राविधिक कुसुम भण्डारीले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ का बारेमा जानकारी गराएकी थिइन् । सो अवसरमा होड्पाकी परियोजना संयोजक ट्वीस्टिना सुब्बा, योजनाका अनन्त ढुङ्गाना, इलाम २ का वडाअध्यक्ष नारद लम्साल, माईजोगमाई गाउँपालिका ५ स्थित सोयाङको बौद्धढुङ्गा सहकारी संस्थाका अध्यक्ष बुद्धिबहादुर खड्का, सन्दकपुर गाउँपालिका ३ सुलुबुङको सानीमाई चिया उत्पादक सहकारी संस्थाका हरिकृष्ण खतिवडा र चिया बिस्तार योजना फिक्कलका योजना प्रमुख सुमन तिखत्रीले पनि मन्तब्य राखेका थिए । उनीहरूले चियाको गुणस्तर लोगो कार्यान्वयनले चिया क्षेत्रमा लाग्नेलाई फाइदा पुग्ने कुराले आपूmहरू उत्साहित भएको र किसानलाई जानकारी गराउने बताए । 
कार्यक्रमका प्रमुख सहजकर्ता सुब्बाले हरेक साना ठूला कारखानाले लोगो लिनका लागि सबैखाले मापदण्ड पूरा गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय श्रम सिद्धान्तमा उल्लेख भएका जबर्जस्ती काममा लगाउन नपाइने, बाल श्रम हुन नहुने, कार्यस्थलमा कामदारको सुरक्षा हुनुपर्ने, श्रम तथा ज्यालामा भेदभाव गर्न नपाइने नियमलाई पनि पालना गर्नुपर्ने बताए । कार्यक्रममा ४० जना कृषक, स्थानीय जनप्रतिनिधी, पत्रकारसमेतको उपस्थिति थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...