space for add
space for add

समाचार

ताप्लेजुङमा यो वर्षकै धेरै चिसो

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
ताप्लेजुङ, २३ पुष :
पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आइतबार यस वर्षकै कम मापन भएको छ । पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको आइतबार बिहानको तापक्रम १ दशमलब ४ डिग्री छ । 
यसअघि पुष २२ गते २ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङकी सरस्वती ईजमले जानकारी दिइन् । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाइ छ । सदरमुकाम फुङ्लिङमा नै १ दशमलब ४ डिग्री सेल्सियस मापन गरिँदा माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको भनाइ छ ।
चिसो बढे पनि हिमपात भने नभएको तर तुसारो झर्ने र पानी जम्ने क्रम भने सुरु भएको कार्यालयले बताएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...