समाचार

खबरदारीका स्वरहरुको खाँचो नपरोस

गते ००:०० मा प्रकाशित

सन्दकपुर दैनिक
नेपालमा सम्पत्तिको खाँचो भएको बताइने गरेको छ । तर यथार्थमा नेपाल प्राकृतिक हिसाबले धनी छ, केवल यी स्रोतहरूको उचित प्रयोग गर्न नसकेकाले गरिबीको मात्रा बढेको हो भनेमा अत्युक्ति हुनेछैन । सत्यता यो पनि छ कि विश्वका धनी मानिएका मुलुकहरू कुनै दैवी शक्ति प्रयोग गरेर धनी भएका होइनन् । उनीहरूले यस धर्तीमा भएका प्राकृतिक साधनहरूको प्रयोग गर्दै जाँदा अक्कलको विकास गरेका हुन् । असजिला तरिकालाई बहिष्कार गर्दै सजिला प्रगोगहरूको विकास गर्दै लगे । यसैलाई विज्ञान भनिएको छ । विज्ञान प्रयोग र ब्यवहारको परिणति हो । कल्पना वा अभौतिक बस्तुसँग विज्ञानको कुनै सरोकार छैन । नेपालमा भने हामी आफु प्रयास नगर्ने, उल्टै अनुकरणको माध्यमबाट उत्रति खोज्ने बानीमा परेका छौँ ।
मानिसका आवश्यकताहरूको कुनै सीमा हुत्र । वैज्ञानिक चिन्तन र प्रयोगको पनि सीमा छैन । नेपालमा गम्भिर भएर सोच्ने र कर्तब्य परायण भएर काम गर्ने बानीको विकास नभएकाले आवश्यकता पूरा गर्न पौरखी नेपाली बिदेश पलायन हुने गछौँ । दोष पलायन हुनेहरूको मात्र छैन । नेपालको शासकीय प्रणालीको उत्तिकै दोष छ । विश्वले शिक्षाको माध्यमबाट उत्रतिको लामो फड्को मारिसकेपछि नेपालमा कखरा पढ्ने स्कुलहरू खुल्न थालेका हुन् । 
कुनै काम फत्ते गर्न जोश र जाँगर सृजना गर्ने वातावरण हुन जरुरी हुन्छ । नेपालीहरूमा जोश र जाँगर भएकैले अङ्ग्रेजहरूले बोकेको तोप र गोलीबिरुद्धमा खुकुरी, भाला र ढुङ्गा प्रयोग गरेर संसारमा बहादुर जातिको उपनाम पाएका हुन् । बहादुर नेपालीहरू अहिले बिदेश पुगेर पनि तेस्रो दर्जाका वीरतापूर्ण कार्यहरूमा संलग्न छन् । बिदेशमा उनीहरूले जुन काम गर्छन् र नेपालको तुलनामा चित्त बुभ्mदो रोजगार पाउँछन्, यहाँ भने त्यही कामलाई नीच मानिन्छ । उँच र नीचको भेद नमानी काम गर्नेले उचित पारिश्रमिक पनि पाउने गरेका छैनन् । 
यी भावनात्मक पक्षका कमजोरीलाई समाधान गरिएमा र युवालक्षित उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सकेमा नेपालीहरू रोजगारीको लागि बिदेश जाने छैनन् । नेपालमा पैसाको खाँचो पनि देखिँदैन । बैङ्कहरूमा मुद्दती खाताहरू टनाटन छन् । यता लगभग ८० प्रतिशत नेपाली पैसाको अभावमा कुनै आर्थिक योजना बनाउन सक्दैनन् । सबै नेपालीलाई योजनाबद्ध रुपमा भौतिक उपलब्धताको आधारमा कामको योजना गर्ने क्षमताको विकास गर्ने चेतको विकास गराउन बिद्यमान शिक्षा प्रणाली पूर्णतः असफल छ । यसको कारण हो नेपाली शिक्षालाई ब्यवसायीकरण गरिनु । नेपालको शिक्षा हुने र नहुनेको लागि अलग–अलग छन् । नहुनेले नहुनु बढाउँदा छन् र हुनेले दोस्रो दैलोबाट हुनु बढाएर बैङ्क ब्यालेन्स बढाएका छन् । लोभको र लुकेको धन बढ्दैन । हुनेहरूको धनलाई नेपालका कर्मठ युवासम्म पु¥याएर उत्पादनशील बनाउन नसकिएको ठहर भएको छ । यसको कारण नीतिगत त्रुटी हो ।
नेपालमा अनेक सहयोगी हातहरू विकसित भएका छन् । देशको राजश्वबाट सञ्चालित र दातृ निकायहरूको हातेमालोमा बनेका अनेकौँ संस्थाहरू छन् । यी कुनैपनि संस्था लक्षित वर्गसम्म पुगेका देखिदैनन् । एक समाचार अनुसार राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिले जिल्लाका ४ वटा युवा समूहलाई १० लाख रुपयाँ निब्र्याजी ऋण उपलब्ध गराएको समाचार स्थानीय मिडियामा आएको छ । यो समूह बधाईको पात्र बन्यो । सामूहिक लगानी गरी रोजगार सृजना गरुन् भनेर दिइएको एक समूह बराबरको अढाई लाख रुपयाँको कामको योजनाले साँच्चै समूहमा आबद्ध युवाहरूको रोजगारी सुनिश्चित गर्ला ? यो रकम परेवालाई कनिका छरेजस्तो टिप्न दिइएको हो भने यसमा रोजगारीलाई नजोडौँ ।
 एउटा लैनो गाईको मूल्य एक लाख पर्छ । समूहमा आबद्ध छ वा दश युवाहरूले कतिवटा गाई किनेर पाल्ने ? घाँस कहाँ लगाउने ? समूहका सदस्यहरूको कार्यशैली र उत्पादन प्रतिबद्धताले नै सो ऋण उपलब्ध भएको हुनुपर्छ । यसको अनुगमन कसरी होला वा उत्पादन नभएमा मिनाहा होला यो द्विविधा रहेसम्म यस प्रकारका निब्र्याजी ऋणले आर्थिक विकास गरी रोजगारीको अवसर निर्माण गर्न सक्नेछैनन् । नेपाली अर्थतन्त्रलाई राजनैतिक संघ संस्थाहरूमार्फत परिचालन गरेर रोजगारी अभिबृद्धि गराउने चेष्टा गर्ने देश सायद नेपालमात्र हो । सरकार आफैँ कार्यकर्तालाई करोडौँ रुपयाँ सहयोगको नाममा वितरण गर्छ । सुबिधाको लागि अर्बौँ रुपयाँ खर्च हुन्छ । बरिष्ट नेताको उपचारमा अर्बौँ खर्च हुन्छ । साधारण नेपालीका लागि सेवारत स्वास्थ्य केन्द्रमा सिटामोलसमेत उपलब्ध छैन । अहिलेसम्म देशको अर्थतन्त्र परिचालन लोकप्रियताको आधारमा भयो । अब यस्तो नहोस् । खबरदारीका स्वर गुञ्जायमान हुन नपरोस् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...