space for add
space for add

समाचार

एकल महिला समूहमा दिपा आचार्य

गते ००:०० मा प्रकाशित

इलाम, २२ पुष (सस) : मानव अधिकारको लागि महिला एकल महिला समूह इलामको शनिबार सम्पत्र पाचौँ साधारण सभा तथा अधिवेशनले दिपा आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मेनुका निरौला, सचिवमा सेवन्तिका भट्टराई आचार्य, सहसचिवमा रमिला रेग्मी पाख्रेल तथा कोषाध्यक्षमा शुशिला शाक्य चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा माया लिम्बु सुब्बा, गितादेवी घिमिरे, शशि बस्याल र चन्द्रकुमारी गुरुङ्ग चयन भएका छन् । संस्थाको साधारण सभा तथा अधिवेशनको अवसरमा केन्द्रीय कार्यालयको सहयोगमा प्राप्त एकल महिलाका छोरीहरूको लागि छात्राबृत्ति समेत वितरण गरेको छ । छात्राबृत्ति प्राप्त गर्नेहरूमा माईजोगमाई गाउँपालिकबाट कविता बस्नेत, ज्ञानकुमारी लिम्बु, निशा राई, विनिता तामाङ्ग छन् भने इलाम नगरपालिकाबाट लक्ष्मी भट्टराई, आशा राई, सुधा घिमिरे, सङ्गिता दवाडी, सितल राई र बुद्धमाया तामाङ्ग रहेका छन् । त्यसैगरि देउमाई नगरपालिकाबाट तिलमाया तामाङ्ग,  एञ्जिला पोख्रेल रहेका छन् । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद छात्राबृृत्ति उपलब्ध गराइएको हो । 
साधारण सभाको उद््घाटन सत्र तथा छात्रावृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समति प्रमुख गणेश बरालले संस्थाले आर्थिक अवस्था न्यून भएका एकल महिलाका छोरीहरूको लागि वितरण गरेको यो रकम सानो भए पनि अनुकरणीय भएको बताए । कार्यक्रम संस्थाकी निबर्तमान अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पत्र भएको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...