समाचार

युवा समूहलाई निब्र्याजी ऋण

गते ००:०० मा प्रकाशित

इलाम, २२ पुस (सस) : राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले इलामका चारवटा युवा समूहलाई निब्र्याजी १० लाख रुपैयाँ ऋण प्रदान गरेको छ । 
समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह अढाइ लाख रुपैयाँका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शङ्करले बताए । 
समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको हो । ऋणबाट १०  युवा संलग्न रहेको समूहले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । परिषद्ले युवा उद्यमी उत्पादन गर्न सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो ।
ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् । ती समूहलाई पहिलो किस्ताबापत अढाइ लाख रुपैयाँका दरले रकम दिइसकिएको र पुनः एक साताभित्र अढाइ लाख रुपैयाँका दरले गरी चारसमूहलाई २० लाख रुपैयाँ ऋण दिइने समितिका अध्यक्ष शङ्करले बताए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...