समाचार

माईपोखरी सञ्चार सहकारीको अध्यक्षमा सापकोटा

गते ००:०० मा प्रकाशित

इलाम, २२ पुष (सस) : मेची अञ्चलको पहिलो सामुदायिक रेडियो इलाम एफएमको प्रवद्र्धक संस्था माईपोखरी सञ्चार सहकारी संस्था लिमिटेड इलामको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बार्षिक साधारण सभाले विषेश प्रस्ताव पारित गर्दै रिक्त रहेको अध्यक्ष पदमा केदार सापकोटालाई चयन गरेको छ ।
सहकारीका अध्यक्ष महेश बस्नेत इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि सहकारीको अध्यक्ष पद रिक्त थियो । त्यस्तै रिक्त भएको उपाध्यक्षमा नरेन्द्र खड्का र सदस्यमा चित्रप्रसाद दाहाललाई चयन गरिएको छ । नरेन्द्र खड्का उपाध्यक्ष चयन भएपछि सदस्य पद रिक्त भएको हो । साधारणसभाले आर्थिक वर्ष २०७३÷०७४ को ३७ लाख ८६ हजार एक सय ३१ रुपैयाँ बराबरको आयब्यय पारित गरेको छ । साधारणसभामा २०७४÷०७५ को लागि ४७ लाख रुपैयाँ आयब्यय हुने अनुमान गरेको छ । 
सहकारीका कार्यबाहक अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष देवनारायण बरालले आयब्यय र लेखा सुपरिवेक्षण समितिका संयोजक रामचन्द्र श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा देउमाई नगरपालिका वडा नंम्बर ३ का अध्यक्ष दावा तामाङ्ग, विष्णु घिमिरे, तेजमाया गुरुङ्ग, विद्या सापकोटा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्यहरूले एफएमको उत्पादन र प्रशारणलाई गुणस्तरीय बनाउन सुझाव राखेका थिए ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...