समाचार

इलामको चिया मजदुरका दुःख फेरिएनन्

गते ००:०० मा प्रकाशित

इलामको चिया मजदुरका दुःख फेरिएनन्


सन्दकपुर संवाददाता
इलाम, ८ पुष
 
 कन्याम चिया बगानका चियाका बोटहरु अहिले पुराना भइसके । पुराना बोटका कारणले खासै हरियाली नदेखिने बगानमा भेटिइज् टेकमाया महत । चिसो मौसममा सिरसिरे हावा चलिरहेको बेला टेकमाया बेत पुगिसकेका चियाका बुट्टाको ‘स्किप’ गर्न व्यस्त थिइन् ।
जिल्लाको सुर्योदय नगरपालिका कन्यामको चिया बगानमा काम गर्दै टेकमायाले सुनाइन्, ‘अरु कुरा फेरिए, हाम्रो दुःख कहिल्यै फेरिएनन् ।’ कन्याम चिया बगानमा टेकमायाले मजदुरी गर्न थालेको ३१ वर्ष पुग्यो । उनले काम गरेको १४ वर्ष पुग्दासम्म ८ सय ५८ जना मजदुर बगानमा काम गर्थे ।
कन्याम चिया बगानका मजदुरको बगान व्यवस्थापनसँग एउटै माग छ, तलव वृद्धि होस् र सुरक्षित रुपमा काम गर्न पाइयोस् । तर दशक बितिसक्यो, उनीहरुको माग सम्बोधन भएका छैन । माग पुरा नहुँदा मन मर्दै जान थालेको बताउँछन् मजदुरहरु ।
यसपालीको चुनावमा उनीहरुले मनका पीडा पोख्ने मानिस भेट हुने आश गरेका थिए । तर चिया मजदुर भेट्न उम्मेदवार बगानमा पुगेनन् । ‘नेताहरु भोट माग्न नआएकाले भोट हालिन’ टेकमायाले सुनाइन् ।
प्रत्येक दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगे । चुनावी आमसभा आयोजना गरे । तर नेता कुरेर बसेका चिया मजदुरकहाँ उम्मेदवार पुगेनन् । त्यसैले मजदुरले आफ्ना दुःख पीडा सुनाउन पाएनन् । नेता आएका भए टेकमायाले सुनाउने कुरा पनि मनमा तयार पारेर बसेकी थिइन् । ‘बिहान ८ बजेदेखि ४ बजेसम्म काम गर्छु । ८ घण्टा काम गर्दा २४१ रुपैयाँ मात्रै ज्याला पाउँछु । यत्ति पैसाले बालबच्चा पढाउनु कि आफू बाँच्नु’ उनको प्रश्न छ ।
कन्याममा मात्र होइन, जिल्लाका इलाम, शोक्तिम र चिलिमकोट चिया बगानका मजदुरसँग समेत नेताहरु भेटघाट गर्न गएनन् । यी चार चिया बगानका मजदुरहरुको गुनासो छ, सरकारले तोकेको ज्याला समेत पाइएन ।
टेकमायाका जस्तै कन्याम चिया बगानमै काम गर्ने धनमाया प्रधानका गुनासो उस्तै छ । आफूहरुले ज्याला नपाएपनि प्रधानले अरु चिया बगानका कामदारको सुखद खबर सुनेकी छिन् । ‘झापामा भने सरकारले तोकेको ज्याला कामदारले पाइरहेका रहेछन् । बर्ने, टोकला र बाह्रदशी चिया बगानका कामदारलाई सजिलो छ,’ उनले सुनाइन् ।
यस्तै कन्याम चिया कारखाना बनाउँदा गिट्टी बोक्ने माया तामाङको पनि उस्तै छ पीडा । बगानमा काम गर्दा कम ज्याला दिएकै कारण मायाले बगानको काम छाडिन् ।
कन्याम चिया बगानमा स्थायी कामदार घट्दो क्रममा रहेको नेपाल चिया मजदुर श्रमिक संघ कन्यामका सचिव अम्बर निरौलाले जानकारी दिए । निरौलाका अनुसार घर चलाउन पुग्ने तलव नपाएपछि धेरैले काम छोडेका हुन् । काम छोडेकाहरु धेरैजसो रोजगारीका लागि विदेश गएको निरौलाले जानकारी दिए ।
२०५७ सालमा चिया बगान र कारखाना निजीकरण गरियो । चिया विकास निगम अन्तर्गतको संघाइ समुहलाई ठेक्का दिएपछि भने मजदुर विस्थापित हुन थाले । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई समुहलाई ५० वर्षका लागि भाडामा दिइएको थियो । त्यसपछि मजदुरहरुले मारमा परेको गुनासो गर्दै आएका छन् । विस्थापित मजदुर भारतको दार्जि्िलङ, सिक्किमका साथै खाडी मुलुकहरुमा पुगेका निरौलाले बताए ।जिल्लाका ४ वटा बगान इलाम, कन्याम, शोक्तिम र चिलिमकोट चिया विकास निगम अन्तर्गतको संघाइ समुहले हेरिरहेको छ । ४ सय ७३ स्थायी मजदुर रहेको सबै भन्दा ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा १ सय ५ जना मजदुर मात्र कार्यरत छन् । यस्तै एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा २६ जनाले मात्र काम गरिरहेका छन् । ५ वर्ष अघि इलाम चिया बगानमा १ सय ३५ चिया मजदुर थिए । बगानमा ३४ जना करारका कामदार लगाएर काम जारी राखेको बगान प्रशासनले जनाएको छ । त्यहाँका कर्मचारीले दैनिक २४१ रुपैयाँ ज्याला पाउने गरेका छन् । इलामको देऊमाई नगरपालिकाका शोक्तिम र चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन् । अरु करारमा काम गर्छन् ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...