समाचार

नेपाली चिया

गते ००:०० मा प्रकाशित

नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी  र कम्बोडियाली (ऋबmभष्बि बकबmष्अब कउउ बिकष्यअबथिह) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया  मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।
चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिब करिब विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकारहरू बताउँछन् । कतिपय चिया पारखीहरू त नेपालको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ठ रहेको विश्वास गर्छन् ।
त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ । त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो ।
नेपाली अर्थोडक्स चियाको मौसमी गुणहरू यस प्रकार छन् ।

बसन्त बहार
    सिजन शुरु भएपछिको पहिलो टिपाइलाई सर्वोत्कृष्ठ मानिन्छ ।
    फागुनदेखि चैत्र भित्र टिपिसकिन्छ ।
    पिउने अवस्थाको चियाको रङ हल्का रातोमा हरियो पहेँलो मिसिएको जस्तो हुन्छ भने बासना र स्वाद पनि उत्कृष्ठ हुन्छ ।
    पारखीहरूले यसलाई मध्यान्नको चियाका रूपमा पिउने गर्छन् ।
    
गृष्म बहार
    यो बसन्त बहार पछिको टिपाइ हो ।
    बैशाख जेठको बीचमा टिपिन्छ ।
    पारखीहरू यसलाई सन्ध्याकालिन चियाको रूपमा पिउने गर्छन् ।

वर्षा बहार
   यो चियाको टिपाइ असारपछि मात्र शुरू हुन्छ ।
    पिउने अवस्थाको चियाको रङ गाढा रातो भने स्वाद पनि तिक्खर हुन्छ ।
 पारखीहरू यसलाई बिहानको चियाको रूपमा पिउने गर्छन् ।

शरद बहार
    सिजन सकिनुभन्दा अगाडिको अन्तिम टिपाइ हो ।
   पारखीहरू यसलाई बिहान दुधसँग मिलाएर पिउने सल्लाह दिन्छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...