समाचार

‘ग्रीनसिटी बहसका लागि फेसबुक पेज’

गते ००:०० मा प्रकाशित

‘ग्रीनसिटी बहसका लागि फेसबुक पेज’

वि सं. २०२८ सालमा ताप्लेजुङको फावाखोलामा जन्मिएका अग्नीप्रसाद अधिकारी इलाम नगरपालिकाका कार्यकारी अधिकृत हुन् । जिल्ला विकास समिति इलाममा विसं. २०६५ देखि २०६८ को पहिलो महिनासम्म योजना अधिकृतको रुपमा काम गरेका अधिकारी खाँदवारी नगरपालिकाबाट सरुवा भइ विसं. २०६९ जेठ महिनादेखि इलाम नगरपालिकामा कार्यरत छन् । इलाम नगरपालिकालाई हरीत नगरको रुपमा विकास गर्ने अभियानलाई मूर्त रुप दिन इलाम नगरपालिकाले हालै फेसबुक पेज सञ्चालनमा ल्याएको छ । इन्टरनेटको पहुँच भएकाहरुका लागि ग्रीन इलामको विषयमा जानकारी आदानप्रदान गर्ने, इलाम नगरपालिकाका गतिविधिहरु अध्यावधिक गर्ने साझा थलो बनेको छ ‘इलाम ग्रीन’ फेसबुक पेज । इलाम ग्रीन फेसबुक पेजकै विषयमा सन्दकपुर दैनिकले अधिकारीसँग गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्नः फेसबुक पेज के हो ?

उत्तरः फेसबुक नामक सामाजिक सञ्जालमा विभिन्न संघसंस्थाहरुले आफ्नो गतिविधि अध्यावधिक गर्न तथा विज्ञापन गर्न सक्ने गरि बनाएको पेज नै फेसबुक पेज हो ।

प्रश्नः इलाममा नै पहिलोपटक सरकारी कार्यालयले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । फेसबुक पेज सञ्चालन गर्ने अवधारणा कसरी आयो ?

उत्तरः युवावर्ग मात्र होइन, हाल आएर सबै उमेर समुहका मानिसहरु फेसबुक सञ्चालन गरेको पाइन्छ । फेरि अहिले विद्युतीय क्रान्तिको जमाना छ । शहरी क्षेत्रमा मात्र होइन ग्रामिण क्षेत्रमा आजकल त मोबाइलमै मानिसहरु फेसबुक चलाउछन् । ज्ञान लिने उद्देश्यले होस् या मनोरञ्जन गर्ने उद्देश्यले होस्, मानिसहरु फेसबुकसँग नजिक हुदै गएका छन् । हामीले पनि यहि मौकाको सदुपयोग गर्दै पेज सञ्चालन गर्ने अवधारणा अघि ल्यायौँ ।

प्रश्नः इलाम ग्रीन फेसबुक पेज कसरी खोज्ने ?

उत्तरः हाम्रो फेसबुक पेजको नाम Ilam Green हो । फेसबुकको आफ्नो एकाउन्ट खोलेर सर्च प्यानलमा Ilam Green टाइप गरेर सर्च गर्ने बित्तिकै Ilam Green Government Organization भनेर पेज देखाउछ । त्यसलाई क्लिक गरेपछि इलाम ग्रीन फेसबुक पेज खुल्छ । सो पेजको लाईक बटममा गएर क्लिक गरेपछि इलाम ग्रीनमा अपडेट गरिएका तस्विर, भिडियो तथा विषयबस्ुतहरु सो एकाउन्टधनीको न्युज फिडमा देख्न पाउनेछन् ।

प्रश्नः फेसबुक पेज सञ्चालनपछिको प्रतिक्रिया कस्तो छ ?

उत्तरः पेजको हामीले रेडियो पत्रपत्रिकामा विज्ञापन गरेका छैनौ तर पनि सञ्चालनमा आएको एक महिना पुरा हुँदा ३०२ जनाले हाम्रो पेजमा लाइक गरिसक्नुभएको छ । पेजमा इलाम नगरपालिकाका गतिविधिहरु तथा विभिन्न तस्विरहरु प्रकाशित गरिसकेका छौ । इलामबासी, इलामबाहिर बस्ने इलामेली तथा इलामलाई माया गर्नेहरुले देशभित्र तथा विदेशबाट पेजको राम्रो रेस्पोन्स दिइरहनुभएको छ । यसमा पनि पेजमा ग्रीन सिटीको अवधारणागत कुराहरु फिडब्याकको रुपमा आइरहेको छ । आम नागरिकले जिज्ञासा राखेका कुराहरुलाई पनि यसै पेजमार्फत बुझाउने मौका पनि पाइरहेका छौ ।

प्रश्नः फेसबुक पेजको हकमा भावी लक्ष उद्देश्य के छ ?

उत्तरः यस पेजमार्फत ग्रीन सिटीलाई सपोर्ट गर्ने विभिन्न प्रतियोगीताहरु जस्तै नारा लेखन प्रतियोगीता, फोटो फोटो प्रतियोगीता गराउने विषयहरु फेसबुक पेजको अवधारणापत्रमा उल्लेख छ । फेसबुक पेजले अपेक्षित सफलता हासिल गरेपछि इलाम नगरपालिकाको कार्यालयमा छुट्टै डेक्स नै बनाउने समेत हाम्रो लक्ष छ । यसै गरि ग्रीन कार्डको विषयहरु पनि यसै पेजमार्फत प्रचारप्रसार गरिने छ ।

प्रश्नः एकै वाक्यमा ग्रीन सिटी भनेको ?

उत्तरः ग्रीन सिटी ब्यवस्थित तथा दिगो शहरी व्यवस्थापन र विकासको एउटा मोडल हो ।

प्रश्न ः अन्यमा ?

उत्तरः Ilam Green फेसबुकमा खोजेर पेज लाइक गरिदिनुस् । आउनुस्, सोहि पेजमा ग्रीन सिटीको विषयमा बहस गरौं ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...