space for add
space for add

समाचार

इलाममा पनि बाम गठबन्धनको ‘क्लिन स्वीप’, झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ फराकिलो मतान्तरले विजयी

गते ००:०० मा प्रकाशित

इलाममा पनि बाम गठबन्धनको ‘क्लिन स्वीप’, झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ फराकिलो मतान्तरले विजयी

रोहितचन्द्र भट्टराई
इलाम, २४ मङ्सिर :
इलाम जिल्लामा पनि बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । आइतबार बिहान इलामको मतगणना सम्पन्न हुँदा प्रतिनिधी सभाका दुईवटै र प्रदेश सभाका चारवटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । बाम गठबन्धनका उम्मेदवारले फराकिलो मत अन्तरले विजय हासिल गरेका छन् ।
इलाम क्षेत्र नम्बर १ को प्रतिनिधी सभामा झलनाथ खनाल (सूर्य) विजयी भएका छन् । यसअघि पनि सोही क्षेत्रबाट विजयी भएर प्रधानमन्त्रीसम्म बनिसकेका नेकपा एमालेका बरिष्ट नेता खनालले यो चुनावमा लोकतान्त्रिक गठबन्धनका काङ्ग्रेस उम्मेदवार भुपेन्द्र कट्टेल (रुख)लाई १७ हजार १६७ मत अन्तरले पराजित गरेका छन् । खनाल ३६ हजार ८०५ मतसहित विजयी भएका हुन् भने कट्टेलले १९ हजार ६३८ मत मात्र प्राप्त गरेका छन् । 
यस क्षेत्रमा सङ्घीय समाजवादी फोरम नेपालका सुवास राई चौरासे (हातले समातेको मसाल)ले दुई हजार ५९ मत ल्याएका थिए भने मङ्गोल नेशनल अर्गनाइजेसनका सूर्यकुमार गुरुङ (कुखुराको भाले)ले एक हजार ७१०, विवेकशील साझा पार्टीका सचेन घले (तराजु)ले ८३०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिलप्रसाद नेम्बाङ (दापसहितको खुकुरी)ले ४७१, नयाँशक्ति पार्टी नेपालका मानवीर लेप्चा (देब्रे आँखा)ले ४३० र राष्ट्रिय जनमुक्ति पार्टीका ललितबहादुर थेबे (घर)ले १७१ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा कुल ६२ हजार ११४ मत सदर रुपमा खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ को प्रतिनिधी सभामा पनि बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेकै नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ (सूर्य) विजयी बनेका छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट विजयी बनेर संविधानसभाको सभाध्यक्ष र ब्यवस्थापिका संसदको सभामुख बनिसकेका ब्यक्तित्व हुन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काङ्ग्रेसका इलाम जिल्ला पूर्व सभापति केशव थापा (रुख)लाई नौ हजार ६५२ मत अन्तरले पराजित गरेका छन् । नेम्बाङले ३६ हजार ५१७ मतसहित विजयी भए भने थापाले २६ हजार ८६५ मत ल्याएका छन् । 
यो क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपककुमार योङ्हाङ (दापसहितको खुकुरी)ले एकहजार ७६१ मत, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा (घर)ले एकहजार ३०८, सङ्घीय समाजवादी फोरम नेपालका कृष्णबहादुर खत्री (हातले समातेको मसाल)ले एकहजार १०६, मङ्गोल नेशनल अर्गनाइजेशनका गलिन्द्र लिम्बू योङ्हाङ (कुखुराको भाले)ले ४२७, राष्ट्रिय जनता पार्टी नेपालका दलबहादुर राई (छाता)ले १४९, नयाँ शक्ति पार्टी नेपालका देपकुमार जबेगू (देब्रे आँखा)ले ९५, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका टंकमणी राई (ठाडो मुठ्ठी)ले ९१ र राष्ट्रिय जनमोर्चाका कुलबहादुर लिम्बू (गिलास)ले ७० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ६८ हजार ३८९ वटा सदर मत खसेको थियो ।
इलाम क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा एमालेकी खिनु लङ्वा लिम्बू (सूर्य) विजयी भएकी छिन् । उनले नेपाली काङ्ग्रेसका देवेन्द्र राई (रुख)लाई नौ हजार ३५९ मतको अन्तरले पछाडि पार्दै विजयी बनेकी हुन् । लिम्बूले १८ हजार ६८६ मत प्राप्त गरिन् भने पराजित निकट्तम प्रतिद्वन्द्वी उम्मेदवार राईले नौ हजार ३२७ मत प्राप्त गरेका छन् । लिम्बू यसअघि संविधानसभा निर्वाचनमा एमालेका तर्पmबाट समानुपातिक उम्मेदवार थिइन् भने राई नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति हुन् ।
यो प्रदेशमा सङ्घीय समाजवादी फोरम नेपालका लासाङ्ग तामाङ्ग (हातले समातेको पुल्ठो)ले एक हजार १४८, मङ्गोल नेशनल अर्गनाइजेसनका अमुमं देव माक्रेहाङ (कुखुराको भाले)ले एक हजार १३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजराज लामिछाने (गाई)ले ७६२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ठोमबहादुर गुरुङ (दापसहितको खुकुरी)ले ३७६ र नयाँ शक्ति पार्टी नेपालका हरिबहादुर गुरुङ (देब्रे आँखा)ले २५७ मत प्राप्त गरेका छन् । यो प्रदेशमा कुल ३१ हजार ६९२ वटा सदर मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ को प्रदेश ख मा एमालेका काजीमान कागते (सूर्य) सात हजार ९६५ मतअन्तरले विजयी बनेका छन् । उनले १७ हजार ९८६ मत प्राप्त गरेका छन् भने उनका निकट्तम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका दुर्गाकुमार बराल (रुख)ले १० हजार २१ मत प्राप्त गरेका छन् ।
यो प्रदेशमा सङ्घीय समाजवादी फोरम नेपालका दिर्पादास राई (हातले समातेको पुल्ठो)ले ९३७ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ (कुखुराको भाले)ले ६५८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने (गाई)ले ५०२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमबहादुर लिम्बू (दापसहितको खुकुरी)ले २५२, नयाँ शक्ति पार्टी नेपालका रामप्रसाद सञ्जेल (देब्रे आँखा)ले १६१ र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका विष्णुबहादुर सुब्बा (ठाडो मुठ्ठी)ले १२५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा कुल खसेको सदर मत ३० हजार ६४२ थियो ।
क्षेत्र नम्बर २ को प्रदेश ख मा बाम गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्व जिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा रमण (गोलाकारभित्र हँसिया हतौडा) विजयी बनेका छन् । उनले १४ हजार ७१६ मत ल्याएर नेपाली काङ्ग्रेसका उम्मेदवार तथा पार्टी सचिव खगेन्द्र देवान (रुख)लाई तीन हजार ६५१ मतले पछि पार्दै विजयी बनेका हुन् । देवानले ११ हजार ६५ मत प्राप्त गरेका छन् ।
उक्त प्रदेशमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार थाङ्साङ लावती (दापसहितको खुकुरी)ले दुई हजार २५४, राष्ट्रिय जनमुक्ति पार्टीका जयकुमार केरुङ (घर)ले एक हजार ४३२, सङ्घीय समाजवादी फोरम नेपालका मणिकुमार लिम्बू (हातले समातेको पुल्ठो)ले एक हजार ३५७, मङ्गोल नेशनल अर्गनाइजेसनका भूवानसिंह लिम्बू (कुखुराको भाले)ले ३११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी (गाई)ले १८६, राष्ट्रिय जनता पार्टी नेपालका खड्गबहादुर खालिङ राई (छाता)ले १३३, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका दिपकचन्द्र गौतम (ठाडो मुठ्ठी)ले १००, ग्रीन पार्टी नेपालका रङ्गलाल तिम्सिना (उँट)ले ४४ र स्वतन्त्र उम्मेदवार डिपेन्द्र बस्नेत(लिस्नो)ले १० मत प्राप्त गरेका छन् । यो प्रदेशमा कुल खसेको सदर मत ३१ हजार ६०८ रहेको थियो ।
क्षेत्र नम्बर २ को प्रदेश क मा बाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला कमिटी अध्यक्ष राम राना (सूर्य)ले १९ हजार ८३८ मतसहित विजय हासिल गरेका छन् । उनले नेपाली काङ्ग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष डम्बरबहादुर खड्का (रुख)लाई तीन हजार ५५२ मत अन्तरले पराजित गरेका हुन् । खड्काले १६ हजार २८६ मत ल्याएका छन् ।
उक्त प्रदेशमा संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे (हातले समातेको पुल्ठो)ले २७५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बिका लिम्बू (दापसहितको खुकुरी)ले २६४, मङ्गोल नेशनल अर्गनाइजेसनका लछुमान राई माक्रेहाङ (कुखुराको भाले)ले २३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका नसिप राई (गाई)ले १३६, राष्ट्रिय जनमुक्ति पार्टीका भक्तिदास राई (घर)ले १०४ मत ल्याएका छन् । यो प्रदेशमा कुल खसेको सदर मतसङ्ख्या ३७ हजार १४० रहेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...