space for add
space for add

समाचार

बहुुमत आएमा कसैलाई थर्काउदैनौँ, बाममोर्चामा एक दर्जन प्रमका उमेद्धार छन् : झलनाथ खनाल

गते ००:०० मा प्रकाशित

बहुुमत आएमा कसैलाई थर्काउदैनौँ, बाममोर्चामा एक दर्जन प्रमका उमेद्धार छन् : झलनाथ खनाल

सन्दकपुर संवाददाता
इलाम, २२ मङ्सिर :
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले प्रारम्भिक मतपरिणामले बाम गठबन्धन दुइ तिहाइ मततर्फ अगाडि बढिरहेको तर त्यसका लागि केहि धैर्यता जरुरी भएको बताएका छन् । उनले नतिजाअनुसार पहाडी क्षेत्रमा बाम गठवन्धनले स्वीप अप गरिसकेको र कञ्चनपुरदेखि झापासम्म सबै जनलहर एकै किसिमको आएको बताए । आज इलामको मतगणना शुरु हुनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले बाममोर्चाले यो पटक ऐतिहासिक काम गरेको र नेपाली जनताले बाम मोर्चालाई माया गरेको बताए । नयाँ सरकार बनाएपछि मुलुकको विकास रुपान्तरणका निम्ति कटिबद्ध भएर लाग्ने घोषणा उनले गरे । ‘हामी अहिले कसैलाई पनि थर्काउन चाहन्नौँ । सम्पुर्ण नेपाली जनता र राजनीतिक दलहरुलाई साथ लिएर अगाडि बढ्छौँ’, उनले भने । दुई तिहाइ बहुमत आएमा को प्रधामन्त्री बन्ला ? भन्ने प्रश्नको जवाफमा खनालले बाम गठबन्धनमा एक दर्जनजति योग्य उम्मेदवार रहेको र तीमध्येमा योग्य छान्ने बताए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...