समाचार

इलामको मतगणनाको तयारी पुरा

गते ००:०० मा प्रकाशित

इलामको मतगणनाको तयारी पुरा

सन्दकपुर संवाददाता
इलाम, २१ मङ्सिर :
आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि इलाम सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुबेदीले जिल्लाका सवै एक सय ४४ मतदान स्थल र दुई सय ६६ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपश्चात मतगणना शुरु हुने भताएका छन् ।
उनले मतदानपछि मतगणना स्थलको ब्यवस्थापन गरिएको बताएका हुन् । प्रत्येक मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ढुवानीका लागि समेत प्रबन्ध मिलाइसकिएको छ ।  मतगणनाका लागि इलामको नवनिर्मित मालपोत कार्यालयमा ब्यवस्थापन गरिएको छ । मतपेटिका सङ्कलन पुरा भएपछि सर्वदलीय बैठक गरेर मतगणना शुरु गरिने कार्यालयले जनाएको छ ।
सम्भवत २२ गते भोली बिहान मतगणना शुरु हुनेछ । मतगणना स्थलमा तारबारको ब्यवस्थापन गरिएको छ । मतगणना कार्य हुँदा तीन मतदान केन्द्रको बढिमा तीन वटा मतपेटिकामा भएका मतपत्र मिलाएर गणना गर्ने बताइएको छ । कम्तिमा दुईहजार सात सय मतगणना पछि मत परिणाम जानकारी गराइने समेत बताइएको छ । इलाम जिल्लामा दुई प्रतिनिधि सभा क्षेत्र, चार प्रदेश सभा क्षेत्र रहेका छन् । क्षेत्र नम्बर एक दुईको दुवै तलामा छुट्टाछुट्टै मतगणनाको व्यवस्था मिलाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पmको मतगणना सम्पन्न गरि परिणाम घोषणापछि मात्र समानुपातिक निर्वाचन प्रणालीतर्पmको मतगणना कार्य प्रारम्भ गरिनेछ । त्यसरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधीसभाको दुई स्थानमा र प्रदेश सभाको चार स्थानमा गरि पहिलो चरणमा छ स्थानमा मतगणना हुने जनाइएको छ ।
इलाममा प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा एक लाख एक हजार ६१ जना र क्षेत्र नम्बर २ मा एक लाख दुई हजार ९८५ जना मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नम्बर एकको प्रदेश सभा १ मा ५१ हजार ४५५ र प्रदेश सभा २ मा ४९ हजार ६०६ तथा क्षेत्र नम्बर दुई को प्रदेश १ मा ५३ हजार ७१५ जना र प्रदेश २ मा ४९ हजार २७० जना मतदाता रहेका छन् ।
दुईलाख चारहजार ४६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभामा दुई क्षेत्रमा विभिन्न राजनीतिक दलका १८ जना र चार प्रदेशसभा क्षेत्रमा ३३ जना गरी ५१ जना उम्मेदवारले  मनोनयन गरि चुनावी मैदानमा रहेका छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...