समाचार

मतदानपछि खनालले भने : ‘सङ्क्रमणकालको अन्त्य भयो’

गते ००:०० मा प्रकाशित

मतदानपछि खनालले भने : ‘सङ्क्रमणकालको अन्त्य भयो’
सन्दकपुर संवाददाता
इलाम, २१ मङ्सिर : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सङ्क्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका ९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन भयो, अब देश सम्बृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’
नयाँ संविधान अब बलियो र दियो रूपमा कार्यान्वयनमा गएको भन्दै खनालले नेपाली जनताले वर्षाैँदेखि कल्पना गरेको नयाँ युग आज सुरु भएको बताए । ‘अब देश सम्बृद्धिको दिशामा गएको छ,’ इलाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनको उम्मेदवारसमेत रहेका खनालले भने, ‘सङ्क्रमणकाल अन्त्य भएपनि शान्तिप्रक्रियाका केही काम अझै बाँकी छन्, यही चुनावपछि गठन हुने प्रदेशसभाले ती शान्तिप्रक्रियाका काम पनि समाप्त गर्ने भएकाले यो दिन ऐतिहासिक भएको हो ।’

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...