समाचार

इलाममा शीर्ष नेताद्वारा मतदान

गते ००:०० मा प्रकाशित

इलाममा शीर्ष नेताद्वारा मतदान
सन्दकपुर संवाददाता
इलाम, २१ मङ्सिर : इलामका तीन शीर्ष नेताले इलामकै स्थानीय मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का प्रतिनिधीसभा उम्मेदवारसमेत रहेका सुवास नेम्वाङले सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट बिहान ७ बजे मत खसालेर मतदान प्रक्रियाको थालनी गरेका थिए ।
इलाम क्षेत्र नं १ का उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिका ९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट भर्खरै मतदान गरे । त्यसैगरी नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरुङले पनि इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरे । 
त्यसैगरी प्रदेश सभाका उम्मेदवारहरु नेपाली काङ्ग्रेसका खगेन्द्र देवान, काङ्ग्रेसकै समानुपातिक उम्मेदवार विष्णु दहाल, एमालेकी प्रदेश सभाकी प्रत्यक्ष उम्मेदवार खिनु लोङ्वाले पनि बालमन्दिर मतदान केन्द्रमा मतदान गरेका छन् । 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लाका प्रतिनिधिसभा दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रकै मतदाता मतदानमा सहभागी हुँदैछन् । क्षेत्र नं १ मा एक लाख एक हजार ६१ र क्षेत्र दुई मा एक लाख दुई हजार ९८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
जिल्लामा १४४ मतदानस्थलमा २६६ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलमा सबै मतदाताका लागि सुरक्षित र भयरहित तवरले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...