समाचार

मतदान स्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २० मङ्सिर 

के तपाइँ निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुत्र भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत सङ्केत गर्ने तरिकाबारे सिकाउने व्यवस्था छ ।  
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा तथा दुई तहको निर्वाचन एकै पटक भएकाले कतिपय मतदातामा मतदान विधिबारे अन्योल हुनसक्छ । यसलाई मेट्न निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउँदा वा निर्वाचनको दिनमा पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो । निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरि खटाएको छ । 
आयोगले मतदाता शिक्षा कार्यकर्ताले मङ्सिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसङ्केत गर्न  सिकाउने ब्यवस्था मिलाएको छ ।  मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयम्सेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउए ।
दोस्रो चरणका ४५ जिल्लामा यही मङ्सिर २१ गते (भोली) हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भत्रे चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभित्र माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरूले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिकाबारे जानकारी दिएका छन् ।
इलाम क्षेत्र नम्बर १ स्थित माई जोगमाई गाउँपालिका ४ नामसालिङ ३४ वर्षीय बसन्त भट्टराईले आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताए । मत हाल्न जान्दैनन् भत्रे नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको ब्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ । 
सूर्योदय नगरपालिका १० निवासी गीता खड्का र हरि खड्काले भने कसरी मत हाल्ने भत्रे हालसम्म स्पष्ट नभएको बताए । उनीहरू मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा छन् । 
इलाम क्षेत्र नं २ मा पर्ने माङ्सेबुङ निवासी ३५ वर्षीया बबिता लिम्बू मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहेकि छिन् । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला’ उनले भनिन्े । 
नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्र व्यवस्था गरिएका छन् दुवै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् ।
प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ ।
समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ (तल र माथि) मा सेतो रङ्गको पानामा रातो रङ्गका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक÷एक मत दिनेछन् । 
मतदाता शिक्षालाई अभियानकै रूपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रूपमा प्रवाह गर्दै आएको छ । 
आयोगले विभित्र १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा मतदाता शिक्षाका सामग्री प्रशारण गराएको छ ।
यस्तै सडक नाटक, सार्वजनिक स्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको साङ्गीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताए । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...