समाचार

इलाम बजार र फिक्कलमा गठबन्धनको आमसभा

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम १८ मङ्सिर

 बाम गठबन्धनले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन सोमबार इलामका दुई बजारमा बृहत आमसभा सम्पन्न गरेका छन् । इलाम बजार र फिक्कल बजारमा छुट्टाछुट्टै आमसभा गरेर आप्mनो पक्षमा बलियो पकड रहेको विश्वास गठबन्धनले गरेको छ । 
इलाम बजारमा भएको सभामा एमालेका तर्पmबाट प्रतिनिधी सभामा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्व सभामुख सुवास नेम्बाङले संविधान बनाउने काममा नेतृत्वदायी भूमिका निर्बाह गर्न दिएका इलामेली जनताले अब त्यही संविधान कार्यान्वयनका लागि पनि आपूmलाई चाहेको बताएका थिए । उनले इलामको सुकिलुम्बा बिमानस्थल, नेपालटार मंगलबारे सडक कालोपत्रे गर्ने, राँके एकतप्पा हुँदै गजुरमुखीबाट महमाई जोड्ने बाटो, रविदेखि दमकको बाटो, जितपुर चिसापानी हुँदै बिर्तामोड जोड्ने बाटोमा आपूmले शुरुदेखि निर्माण चरण हुँदै स्तरोन्नतिसम्मका कामहरूमा पहल गरिरहेको बताए । त्यस्तै पश्चिमी इलाममा विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि आप्mनै पहलमा धेरै काम भइरहेको बताए । देउमाईमा, कन्काईमा पक्की पुल बनाउन आपूmले नै योगदान गरेको उनको भनाई थियो । 
सभामा इन्द्र आङ्बो (मौसम), क्षेत्र नम्बर २ ख का प्रदेश सभा उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष राम राना, इलाम नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला सचिव महेश बस्नेत, गठबन्धनका समानुपातिक उम्मेदवारहरू मणी लिम्बू, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य कल्पना वाइबा, तारा गुरुङ र टीका घिमिरे, एमाओवादीका राम राई लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रममा बरिष्ट हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले दर्शक मतदातालाई हँसाउँदै गठबन्धनको चुनाव चिन्हमा छाप लगाउन हौस्याएका थिए । कार्यक्रममा जनसाँस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष भूमिका नेम्बाङ, जनसङ्गीत मञ्चका केन्द्रीय उपाध्यक्ष डम्बर पहाडी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य इञ्जिनियर आद्रता रेग्मीलगायतको उपस्थिति रहेको थियो । इलाम बजारमा यसअघि आइतबार काङ्ग्रेसले गरेको सभाभन्दा झण्डै दोब्बर मतदाताको उपस्थ्तिि गठबन्धनको सभामा रहेको थियो ।
उता फिक्कलमा भएको आमसभामा नेकपा एमाले का बरिष्ठ नेता झलनाथ खनालले नेपाली काङ्ग्रेसकै कारण मुलुकमा विकासको मार्ग रोकिएको दावी गरेका छन् । देशको हरेक परिर्वतनको समयमा बामपन्थी शक्तिको ठुलो हात रहेको बताउँदै अब देशबिरोधीप्रतिगामीहरूको दिन सकिएको खनालले जिकिर गरे । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले देशमा तीन तहको सरकार केन्द्रीय प्रान्तीय र स्थानीय सबै बामपन्थीको सरकार हुने भएकोले देश निमार्णको जिम्मा बामपन्थीलाई जनताले  दिइसकेको उद्घोष गरे । गठबन्धनको सरकार बनेपछि मुलुकको विकासले गति लिने खनालको भनाई 
छ ।
मन्तब्यकै क्रममा बाम गठबन्धनको तर्फ बाट प्रदश सभाको सदस्यका उम्मेदवार खिनु लङ्वा लिम्बु र काजीमान कागाते,  एमालेको तर्फबाट समानुपातिक उम्मेदवारहरू दिपक पौडेल, ध्रुव श्रेष्ठ, माओ बादी केन्द्रका समानुपातिक उम्मेदवार किरण सुनुवार लगायतका नेताहरूले बोलेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...