समाचार

उम्मेदवारका भाषण अर्कै र वास्तविकता अर्कै

गते ००:०० मा प्रकाशित


सन्दकपुर संवाददाता
इलाम, १८ मङ्सिर

 इलाममा निर्वाचनको सरगर्मी निकै बढेर गएको छ । निर्वाचन नजिकिँदै जाँदा र मौन अवधी शुरु हुनै लाग्दा दलहरूले अन्तिम चरणका सभाहरू मुख्य बजारहरूमा गरिरहेका छन् । ती सभाहरूमा दलका नेता तथा उम्मेदवारहरू आपूmभन्दा इतरका उम्मेदवारहरूलाई गाली गलौज गर्नेमै भाषण सीमित गरिरहेका छन् ।
नेपाली काङ्ग्रेसले इलाम बजारमा आइतबार र मङ्गलबारे बजारमा शुक्रबार छुट्टाछुट्टै सभाहरू गर्यो । त्यहाँ भाषण गर्ने क्रममा प्रतिनिधीसभाका उम्मेदवार केशव थापा र प्रदेश सभाका उम्मेदवार डम्बर खड्काले विशेष गरि एमालेका प्रतिनिधी सभाका उम्मेदवार सुभाषचन्द्र नेम्बाङलाई गाली गरेर मुख्य समय बिताए ।
उनीहरूकै भाषणका अनुसार नेम्बाङ विकास बिरोधी नेता हुन्, उनले जनताको हितमा कुनै पनि काम गरेनन् र क्षेत्र नम्बर २ नेम्बाङकै कारण पछि परेको छ । थापा र खड्काको भाषणमा त्यति मात्र रहेन । उनीहरूले अब आपूmहरूले जितेको खण्डमा क्षेत्र नम्बर २ मा विकासको ठूलो फड्को मार्ने, नेम्बाङले दुई दशकमा केही गर्न नसकेका कामहरू आपूmहरूले गरेर देखाउने पनि धारणा राखेका थिए । 
काङ्ग्रेसको सभामा दिनभर बसेर फर्किएका मतदाता भने उनीहरूका भाषणमा कति सत्यता र कति काल्पनिक कुरा छन् भत्रे कुरा बाटो हिँड्ने क्रममा खोतलिरहेका थिए । शान्तिडाँडाका एकजना काङ्ग्रेस कार्यकर्ताले नै भने, ‘जे भए पनि साँचो मात्र कुरा गर्नु नि, आपूmले सक्ने मात्र भत्रु नि, के अरुलाई गालि गरिरहनु ?’ उनीसँगै हिँडिरहेका अर्का मतदाता भन्दै थिए, ‘सबै बिगार्ने जति उनीहरू, अहिले अर्कालाई दोष दिन्छन् नि ।’ उनले नेपालटार–मङ्गलबारे मोटरबाटोको कामलाई औँल्याउँदै भने, ‘मेची राजमार्गबाट हाम्रोमा पीच ल्याउन ठेक्का लिएर काम थाल्ने उनै डम्बर खड्का होइनन् ?, दुई वर्षसम्म काम नै नगरिदिएपछि हामीले गएर रोपाइँ गर्नुपर्यो । त्यस्ता मान्छेले विकास गर्छु भन्दा पत्याउलान् जनताले ?’
यी मतदाताको भनाई सत्यमै आधारित थियो । २०७१ सालमा १२ किलोमिटरको नेपालटार मङ्गलबारे सडक कालोपत्रे गर्न तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालयले २२ करोड ७० लाख ५० हजार रूपैयाँको ठेक्का खोलेको थियो । अमर अनक सूर्य जेभीले ठेक्का पारेर २०७३ साल माघ २९ गते सम्पन्न गर्नेगरि २०७१ साल माघ ३ गते सम्झौता गरेका थिए । त्यो कामको मुख्य जिम्मेवारी डम्बर खड्काले लिएका थिए । उनी नै निर्माण ब्यवसायी कम्पनीको स्थानीय प्रतिनिधी बनेका थिए र काम शुरु गराएका थिए ।
उक्त काम डम्बरले लामो समयसम्म पनि नगरेपछि बर्षादको बेला स्थानीय शान्तिडाँडा, साँखेजुङ र मङ्गलबारेका बासिन्दाले भेला भएर बाटोमै रोपाइँ गरेका थिए । त्यसबेला जिल्लाबाट पत्रकारसहित सामाजिक कार्यकर्तालाई पनि डाकिएको थियो ।
उक्त कालोपत्रे गर्ने काम सडक कार्यालयको क्षेत्रीयस्तरको योजना मात्र हो । त्यस्तो योजनामा अन्यत्र थोरै रकम बिनियोजन हुने गरेको छ । कार्यालयका एक इञ्जिनियरका अनुसार त्यसबेला सुवासचन्द्र नेम्बाङ संविधानसभाको अध्यक्ष भएकाले वहाँको दवाबमा कालोपत्रे गर्न क्षेत्रीय स्तरको सडकमा पनि करोडौँ रुपैयाँ छुट्टिएको हो ।
तर खड्काले भने नेम्बाङकै पहलमा आएको बजेट कार्यान्वयनका क्रममा जनतालाई सास्ती दिएको स्थानीयको बुझाई छ । निर्माण ब्यवसाय नै मुख्य पेशा भएका खड्काले करोडौँका योजनाहरूमा राम्ररी काम नगरेका देखेका स्थानीयले अब जनताको सेवा गर्छु भन्दा मतदाताले विश्वास गर्न सकिरहेका छैनन् ।
खड्का चाहिँ भाषणकै क्रममा पनि आपूmले धेरै जनतालाई सहयोग गरेको बताउने गरेका छन् । उनले अस्पतालमा आएका बिरामीलाई नगद सहयोग गरेको, गाउँमा बृद्धबृद्धालाई रेडियो बाँडेको, खेलाडीलाई फुटबल बाँडेको र बाटो खन्न आपूmसँग भएको मेशिन उपलब्ध गराउँदै आएको बताउने गरेका छन् ।
यता काङ्ग्रेस जिल्ला सभापतिसमेत रहेका केशव थापा पनि नेम्बाङलाई विकास नै गर्न नसकेको आरोप लगाउँदै आपूm नै विकासे नेता भएको भाषणमा बताउँदै आएका छन् । तर उनीपनि यसअघि तीन पटक सांसद बनिसकेका नेता हुन् । उनी क्षेत्र नम्बर ३ बाट सांसद बनेका थिए । उनले प्रतिनिधी सभा तथा संविधानसभामा जतिञ्जेल सहभागिता जनाए, त्यतिञ्जेल इलामका क्षेत्र नम्बर १ र २ मा नै बढी विकास भएको देखिएको छ । पक्की पुल, बाटोघाटो, विद्युतसहित शिक्षा, कृषि जस्ता विकास तीनै क्षेत्रमा बढी भएका छन् ।
थापाले निर्वाचन क्षेत्र विकास कोषको रकम कार्यकर्तामार्पmत खर्च गर्नेबाहेक अन्य बजेट ल्याएर जिल्लाको कुनै योजनामा खर्च गराउन पहल गरेको अहिलेसम्म पाइएको छैन । त्यही कोषको रकम खर्चिँदा समेत कतिपय स्थानमा काम नै नभएको, कतिपय स्थानमा एउटा योजनामा पाँच लाखभन्दा कम खर्चिन नपाइने भएपनि एउटा उपभोक्ता समिति बनाएर विभित्र समूहहरूलाई १० हजार र २० हजार दिएर अनुमानित योजना पुरा नभएको तत्कालिन जिल्ला विकास समितिबाट भएको योजना अनुगमनका क्रममा पाइएका छन् ।
थापामाथि मतदाताको अर्को पनि गुनासो सुन्ने गरिएको छ । उनी तीन तीन पटक संसदमा पुग्दा पनि कहिल्यै एकैपटक संसदमा उभिएर जिल्लाको विकासका लागि बोलेको आजसम्म कसैले सुनेको छैन भत्रे मतदाताको गुनासो हो ।
यता एमालेका उम्मेदवार नेम्बाङले भने आपूmले क्षेत्र नम्बर २ को विकासका लागि बाटोघाटोदेखि सबैखाले विकासमा धेरै पहल गरेको बताउँदै आएका छन् । नेपालटार मङ्गलबारे सडक कालोपत्रे गर्न, कन्काईमा पुल बनाउन, राँकेबाट एकतप्पा गजुरमुखी लुम्दे हुँदै महमाई जोड्ने बाटो, रवि दमक बाटो, जीतपुर चिसापानी बाटो आप्mनै पहलमा भइरहेको उनी ठोकुवा गर्छन् । त्यस्तै देउमाईमा बनिएका पक्की पुलहरू पनि आपूmले पहल गरेको र त्यस्ता अन्य विकासका काम पनि धेरै भएको उनको भनाई छ । उनले अन्य उम्मेदवारका बारेमा आपूmले केही नभने पनि मतदाताको मन जित्न आपूmले जानेको सबै उम्मेदवारले ब्यक्त गर्न सक्ने उनको धारणा थियो ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...