समाचार

काङ्ग्रेस जिताउन नेताहरुको आग्रह

गते ००:०० मा प्रकाशित


सन्दकपुर संवाददाता
इलाम, १८ मङ्सिर

  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले एमाले र माओवादीले निरङ्कुश शासन ब्यवस्थाको वकालत गरेको आरोप लगाएका छन् । उनले एमाले र माओवादीका नेताहरूले ५० वर्ष शासन गर्ने अभिब्यक्ति दिनु देशमा निर्दलीय ब्यवस्था लाद्न खोजेको पनि आरोप लगाए ।
नेपाली काङ्ग्रेसले इलाम सदरमुकाममा आइतबार गरेको चुनावी सभालाई संवोधन गर्दै नेता आङ्देम्बेले गणेशमानले एमाले र गिरिजाले माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको एकतन्त्रे निरङ्कुश शासन व्यवस्थाका लागि नभएको उल्लेख गरे । 
उनले भने, ‘अब जनताले लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टलाई रोक्नेछन् ।’
कम्युनिष्टहरूले साम्यवादका नाममा अधिनायकवाद ल्याउन खोजेको भन्दै उनले हालसम्म प्राप्त उपलब्धी उल्ट्याउन समेत खोजिरहेकाले लोकतन्त्रलाई बचाउन काङ्ग्रेसलाई अबको निर्वाचनमा जनताले जिताउनै पर्ने तर्क प्रस्तुत 
गरे ।
‘कम्युनिष्टले बहुमत ल्याए संवैधानिक उपलब्धी र लोकतन्त्र समेत धरापमा पर्नेछ’, उनले भने, ‘लोकतान्त्रिक शक्ति बलियो हुनुको विकल्प छैन ।’ एमाले पहिचान बिरोधी पार्टी समेत भएको उनले गम्भिर आरोप लगाए । 
सभालाई संवोधन गर्दै काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले बाम गठबन्धनको नाटक गरेर एमाले–माओबादीले देशमा निरङ्कुशतन्त्र चलाउन खोजेको आरोप लगाए । 
बाम गठबन्धनको नाममा उनीहरूले देशमा फेरि द्वन्द्व शुरु गर्न खोजेको उनको भनाई थियो । बाम गठबन्धनले ५० बर्ष सत्ता चलाउँछु भत्रु उनीहरूको केवल दिवा सपना मात्र रहेको उल्लेख गरे । 
चुनावी सभालाई संवोधन गर्ने क्रममा काङ्ग्रेस नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका प्रतिनिधि तारामान गुरुङ्गले राजनीतिको नेतृत्व गरेको काङ्ग्रेसले विकासको नेतृत्व पनि गर्ने दाबी गरे । उनले काङ्ग्रेसको नेतृत्वमा संविधान बन्यो, काङ्ग्रेसकै नेतृत्वमा आर्थिक विकास पनि हुने बताए । 
सभामा प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार केशब थापा, सोहि निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश नम्बर १ का उम्मेदवार डम्बर खड्काले पनि संवोधन गरेका थिए । 
निर्वाचन परिचालन समितिका अध्यक्ष एवम् काङ्ग्रेस इलामका जिल्ला सभापति हिमालय कर्मचार्यको अध्यक्षतामा भएको सभामा महासमिति सदस्य तोयानाथ भट्टराई, महासमिति सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवार बिष्णु दहाल, महासमिति सदस्य एवम् आदिबासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष नगेन्द्र कुमाल लगायले पनि चुनावी सभालाई संवोधन गरेका थिए ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...