समाचार

निर्वाचनका लागि इलाममा तीन हजार सुरक्षाकर्मी परिचालन

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १७ मङ्सिर

 यही मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाम जिल्लाको सुरक्षा व्यवस्था सबल, सुदृढ र मजबुत रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 
चुनावी सुरक्षामा नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । 
निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष विष्णुकुमार पोखरेलले बताए । 
चुनावमा बाहिरी घेराबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाले जिल्लाको चार स्थानमा सुरक्षा बेस क्याम्प राखेको छ । सेनाले आइतबारे, दानाबारी, मङ्गलबारे र इलाम सदरमुकाममा बेस क्याम्प राखेको छ । 
जिल्लाका ७२ वटा संवेदनशील मतदानस्थलमा भने सात जना म्यादी र तीन प्रहरी थप गरिनेछ । अतिसंवेदनशील क्षेत्रमा भने चार प्रहरी र १० म्यादी थप गर्ने सुरक्षा रणनीति बनाइएको छ । जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रका मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रूपमा लिइएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...