समाचार

राजनीति विकासको पर्याय बनोस्

गते ००:०० मा प्रकाशित

देशमा राजनीतिक उथलपुथल बाराम्बार भइरहने तर विकास र सम्बृद्धि सुस्त रहेकोमा जनता चिन्तित छन् । राजनीतिले विकासमा थोरै हैँसे गरिदिएमा जनता आफैँ सम्बृद्धिमा लाग्नसक्ने कैयन लक्षणहरू छन् । सम्बृद्धिका लक्षले राष्ट्रिय महत्त्वका गुरुयोजनाहरू नथालिएका भने होइनन् । राजनैतिक खिचातानीले यी आयोजनाहरूको काममा बाधा पु¥याएकोले सम्बृद्धि आकाशको फल बनेको हो । जनताले सम्बृद्धि कसरी कहाँ पाइन्छ थाहा पाएका छन् । अलैँचीका बिरुवा रोप्ने, अदुवा, ऊखुको खेती गर्ने गाई पालेर दूध बेच्नेदेखि जिविका सहज बनाउन घरपरिवार माया मारेर खाडी मुलुकमा रोजगारीमा पुग्न नेपाली पछि परेका छैनन् । राजनीतिलाई साध्य मात्रे नेताहरूको प्रबृत्तिले सीमा क्षेत्रमा क्वरेण्टाइन चेकपोष्ट बनेको छैन भने कृषि उपजको प्रशोधनशाला बनिनु आकासको फल बनेको छ । अब राजनीतिक नेता र शिकारुले विकासलाई भोट माग्ने माध्यममात्र बनाउनु हुत्र । नीतिले सम्बृद्धि ल्याउँदैन सम्बृद्धिमा ताकत र लगानी दुबै जरुरी हुने कुरालाई राजनीतिमा प्रवेश गराइनु पर्छ । नेता र जनता दुबै आर्थिक उत्रतिको ब्यग्रतामा रहँदा त्यही नपाइनु देशको लागि आश्चर्यको बिषय हो । प्राकृतिक भौतिक स्रोत नभएका मुलुकहरूले चमत्कारिक विकास गरिरहेछन् । नेपालले जलसम्दाको समेत समुचित प्रयोग गर्न नसक्नु लज्जास्पद भएको छ । देशले उदारीकरण र समाजवादी अर्थनीति अवलम्बन गरेको धेरै बर्ष भयो । यिनले समृद्धिको उपहास गरेका छन् ।
यो निर्वाचनपछि देशमा सङ्घीयताको ब्यावहारिक कार्यान्वयन सुरु हुन्छ । सङ्घीय संरचनाअनुसार नीतिहरू बनाउने र त्यसलाई चुस्त तरिकाले कार्यान्वयन गर्न सकेनौँ भने हामी अर्को झमेलामा फस्नेछौँ । सङ्घीयता कार्यान्वयन भएपछि देशका सबै राज्य वा भू–भागमा एकैखाले नीतिले काम गर्दैन । राज्यको स्रोतसाधन, भौगोलिक अवस्था र आवश्यकतालाई ध्यानमा राखेर हामीले नीति तथा योजना बनाई कार्यान्वयन गर्नुपर्छ । स्थानीय उत्पादन, सीप र कौशललाई प्रोत्साहित गरिनु पर्ने छ । 
नेतृत्वमा रहेका, पुगेका तथा भावी दिनमा नेतृत्व लिन तम्सेका नेताहरूको सोच खराब छैन । राजनीतिज्ञले केही नै गर्न खोजेनन् भत्रु अन्यायपूर्ण हुन्छ । अहिले हामीले प्राप्त गरेका सबै उपलब्धिको जस पाउने राजनीतिज्ञ नै हुन् तर राजनीतिक परिवर्तनका लागि अन्य पेशा तथा व्यवसायमा संलग्न मानिसहरूको योगदान पनि अवश्यक छ भत्रे राजनीतिले बिर्सेको सत्य हो ।
नेपालको शिक्षाले उद्यमशिलताको प्रतिबद्धता दिन सकेन । शिक्षित बेरोजगारी बढ्नुको कारण यही हो । शिक्षक, विद्यार्थी र शिक्षाका अन्य सरोकारवालाहरूलाई राजनीतिक पर्दाको पृष्ठभूमिमा शिक्षा दिइन्छ । साँचो अर्थमा नेपाली शिक्षा प्रमाण–पत्र प्राप्तिमा लक्षित छ । पेशा प्रवेश र कार्यदक्षता मूल्याङ्कनको मापक राजनीति हुने गरेको छ । योजनाका ठेकेदार लगायत प्रशासनका उच्च ओहोदामा रहेका मानिसहरूलाई राजनैतिक नजरले हेरिने गरेकाले अटेरी र भ्रष्टाचार जसता बिसङ्गतिले प्रश्रय पाएका हुन् । यसपाली यी यावत कुराको समीक्षा गरेर विकासमा मन, बचन र कर्मले प्रतिबद्ध नेताको छनोट गरौँ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...