space for add
space for add

समाचार

मोरङ र माङसेबुङ एफ सी विजयी

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १२ मङ्सिर

माङसेबुङ २ पावामा जारि ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को पहिलो चरणको दुई अन्तिम खेल सोमवार सम्पन्न भएका छन् । सोमवारको पहिलो खेल मोरङ एफसी र मिक्लाजोङ एफसी आरुवोटे विच हुने खेलमा मिक्लाजोङ एफसी आरुवोटे उपस्थित हुन नसकेपछि वाकओभरको आधारमा मोरङ एफसी विजयी भएको छ । सोमबार कै दोस्रो खेलामा माङसेबुङ ३ ले इभाङ एफ सी लाई २–० गोलरले पराजित ग¥यो । सोमवारको खेलको म्यान अफ दी म्याच विजयी टिमका मिलन राई घोषित भए ।  
मंगलवार दोस्रो चरणका दुई खेल सम्पन्न हुनेछन् । मंगलबारको पहिलो खेल लारुम्बा एफसी र मिक्लाजोङ एफसी विच र दोस्रो खेल टेलिटार एफसी र मांसेबुङ एफ सी विच हुने आयोजकले जनाएको छ भोली छनौट हुने दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।  आगामी मंशिर १७ गते लिम्बू जातिको महान चाड चासोक तङ्नामको दिन फाइलन हुने खेलमा २० टिमको सहभागिता रहेको थियो । खेलको विजेताले नगद रु ५० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पत्र पाउनेछन् । उपविजेताले नगद रु २५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन साथै खेल समयवधी भरको उत्कृष्ट खेलाडी, सार्वधिक गोलकर्ता र उत्कृष्ट गोल किपर जनालाई ट्रफी प्रदान गरिने आयोजक सुनुयुमा विकास जनाएको छ । 

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...