space for add
space for add

समाचार

जाने होइन त अन्तु !

गते ००:०० मा प्रकाशित

जाने होइन त अन्तु !

रोहितचन्द्र भट्टराई
अन्तु । पूर्वी नेपालको एक चर्चित पर्यटकीय स्थल । जहाँ दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटकको आगमन हुन्छ, घुम्न, मनोरञ्जन गर्न, स्थानीय प्राकृतिक सौन्दर्यता सँगै सूर्योदयको दृश्यावलोकन गर्न, स्थानीय बासिन्दाको सत्कार ग्रहण गर्न र मन भुलाउन ।
एक पटक अन्तु पुगेको ब्यक्तिलाई पुनः अन्तु जान, गइरहन मन लाग्छ, त्यहाँको प्राकृतिक र मानवीय सत्कारको वातावरणले । त्यही भएर त हामी सञ्चारकर्मी पनि बर्षमा एक दुई पटक त्यहाँ नपुगी सक्दैसक्दैनौँ ।
अन्तु जाने मुख्य समय त यही हो, कात्तिक दोस्रो हप्तादेखि मङ्सिर दोस्रो हप्तासम्म । यो समयमा अन्तुडाँडाबाट देखिने सूर्योदयको दृश्य सबैभन्दा आकर्षक हुन्छ । त्यही भएर फेरि अन्तु जाने मन गरियो । सल्लाह गरियो । १० जना जति भेला भइयो । हिँडियो अन्तुतिर, गएको शुक्रबार ।
इलामबाट दुई घण्टामा अन्तु
जम्माजम्मी घुम्न र रमाइलो गर्नका लागि हिँडेको हाम्रो टोलीमा मजस्ता दैनिक पत्रिकाको डेस्कमा काम गर्ने ब्यक्तिकै हाबी थियो । यसको मतलब जानुपर्ने, रात बस्नुपर्ने, भोलीपल्ट आउनुपर्ने त छँदैछ । त्यो अवधिमा पत्रिका पनि निकाल्नु पर्ने थियो ।
त्यसैअनुरुपको तयारी गरेर हिँडियो साढे ३ बजेतिर इलाम बजारमा भेला भएर । हामीसँग छ वटा मोटरसाइकल थिए । पेट्रोल पम्प(जिरो किमी मुन्तिर)मा भेला भएर हरेक बाइकमा पाँच÷पाँच लिटर भरियो र लागियो ।
केही मिनेटको अघिपछि हिँडेकाले फिक्कलसम्म त एक्लै एक्लै हिँडेजस्तो लाग्दै थियो । फिक्कलमा मात्र भेट हुनुभएका हाम्रो टोली नेता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले पम्पमा भन्नुभएको थियो, र्‘बिस्तारै जौँ है रोहितजी, नानीहरू पनि छन् ।’ त्यसपछि मैले पनि छोरीलाई लिएर जाने निधो गरेर घरमा तयारी गर्नथालेँ । लाष्टाँ त म नै सबैभन्दा पछाडि परेको रहेछु ।
छिपिटारमा टोलीले भेला भएर चिया पियौँ । अनि लाग्यौँ । छिरुवा कट्दा नकट्दा बाइकको हेड्लाइट बालियो । त्यहाँसम्मको पिचको हिँडाई त्यसपछि अलिअलि रोडामा खड्याकखुडुक छेउभित्ता हुँदै भञ्ज्याङ पुगियो । इलामबाट हिँडेको दुई घण्टामा त्यहाँ पुगेका थियौँ, हामी । त्यसपछि अघि नै बन्दोबस्त गरेको होमस्टे पुगियो, अन्तु होमस्टे, अन्तुपोखरी मुनी, प्रोप्राइटर ः रुद्र घिमिरे ।
होमस्टेको स्वाद
अन्तुमा बास बस्ने त होमस्टे मै हो । मेरा नातेदारहरू त्यहाँ धेरै घर हुनुहुन्छ । तर पनि साथीहरूसँग रमाइलो हुने लोभले म पनि होमस्टेतिरै लागेँ । रुद्र जीकोमा पुगेपछि खानपिनका कुरा भए । हामीले पहिले नै त्यहाँ लोकल कुखुरा भनेका थियौँ । वहाँले हाम्रा लागि दुईवटा लोकल ‘कुखुरी’ जम्मा गरिदिनु भएको रहेछ, दुई किलो नौ सय ग्रामका ।
हाम्रो चाहना त्यो मात्र होइन । पोर्क अर्थात ‘घरपालुवा बँदेल’को फ्यान नै थियौँ हामीमध्ये टोलीका आधा जति सदस्य । त्यसको सेकुवामा हाम्रो १ नम्बरको रुची हो । त्यही भएर हामीले फिक्कलबाटै तीन किलो जति पोर्कको मासु बोकेर हिँडेका थियौँ । तर रुद्रजीको घर परिसरमा त्यस्तो मासु अहिलेसम्म प्रयोग गरिएको रहेनछ । हामीले ऐतिहासिक रुपमा आँगनमै त्यसको सेकुवा बनाएर खाने सहमति लियौँ ।
त्यसका लागि रुद्रजीले कोइला हालेर सेकाउने साधन अन्तै कतैबाट ल्याइदिनु भयो । कोइला वहाँले नै दिनुभयो ।
अभैm हामीलाई मासुको आइटम पुगिरहेको थिएन । हामीसँग माथिबाट छिनाएको नखाने साथी पनि सदस्य हुनुहुन्थ्यो, बँदेल नखाने पनि र मासु नै नखाने पनि । वहाँहरूमध्ये कमसेकम मासु खाने साथीहरूलाई हामीले ब्रोइलरको प्रस्ताव ग¥यौँ । सहमति भयो । वहाँहरूका लागि तीन किलो ब्रोइलरको ब्यवस्था गरियो, केही बेर लगाएर ।
अब बेला भयो तयारीको । पहिले सेकुवामै जोड गरियो । साथी ख्याम र म भिड्यौँ । मैले मसलाससला भेला गरेर मोलमाल गर्ने, ख्यामलाई उज्यालो देखाउने काम गरेँ । ख्यामले एउटा बामफोकले दुःखले टुत्र्mयाए । सटेन्द्रजीले सेकाउन थाल्नुभयो । सेकाउँदै खाँदै गर्न थालियो अब ।
सेकुवाको साथी हामीसँग थियो, सटेन्द्रजीको ममीले घरमै बनाएको चीज वहाँले लिएर जानु भएको रहेछ दुई चार बोतल जति । त्यसको मुख्य लक्षित ब्यक्तिमा म र ख्याम जी थियौँ । अरु रुद्रजीसहितका कोही चाख्ने, कोही थोरै खाने ।
हामीलाई त भयो । अब भीम, सटेन्द्रजी लगायतका केही साथीहरू बियरतिर लाग्ने हुनुभयो । होमस्टेमै रहेको बियरले काम ग¥यो । हामीसँग मायाजी, कोकिलाजी र सीताजी पनि हुनुहुन्थ्यो । वहाँहरूका लागि वाइनको ब्यवस्था गरियो । बियर लिने साथीहरूले पनि वाइन मिसाए जस्तो लाग्यो । तर कोकिला जी चाहिँ त्यो सबै पेय पदार्थ प्रयोग गर्नेहरूको अवलोकन गर्नेमा मात्र सीमित रहनुभयो । हामीले चाहिँ सेकुवासँगै ब्रोइलरको रोष्ट पनि भ्यायौँ, होमस्टे घरकै बहिनीले बनाएको ।
आपूmलाई त लोकलले निकै ट्रिप दिएछ । भोलीपल्ट हिँड्ने बेलामा होमस्टेकी बहिनी भन्दै थिइन्, ‘तपाइँ त हिजो भट्टराई होइन, राई मात्र हुनुभएको थियो नि !’ कुखुरीको सुप र भात निकै मिठो थियो रे । त्यो मैले पनि निकै धेरै खाएँछु । बिहान हिँड्ने बेलामा उब्रेको सुप र कोदोको रोटी खाइयो ।
सूर्योदय दृश्यावलोकन
बिहान चार बजेतिरै रुद्रजीले उठाउन थाल्नुभयो । केही साथीहरू उठ्नुभयो । हामी एक दुई जना चाहिँ अल्छि गरिरह्यौँ । साथीहरू जाँदै गर्नुभयो । हामी ६ बज्दा नबज्दा डाँडा पुग्यौँ, बाइक लिएर । बाटोमा डाँडा प्रवेश गर्ने स्थलमा बाइक लिएर गए हुन्छ भनेपछि त्यसै गरेको । डाँडामुनी खेल मैदानमा ३० वटा जति जीप, ५० भन्दा बढी मोटरसाइकल र एकदुईवटा मिनीबस राखिएका थिए । सबैले प्रबेश शुल्क तिरेर डाँडा जानु पर्छ । माथि पुग्दा दुई चारवटा जीप, १५÷२० वटा मोटरसाइकल थप देखिए । पछि थपिएका पनि थिए । डाँडा पुग्दा क्षितिजतिर पाठ लागेको देखियो । आज राम्रो नदेखिने भयो भनेर हामी वरिपरि नियाल्न थाल्यौँ । त्यहाँ इलामसहित झापा, सुनसरी, मोरङ, धनकुटा, उदयपुरतिरका मानिसहरू पनि आएको पायौँ । उनीहरूले अन्तु राम्रो हो भन्ने सुनेरै घुम्न आएको बताए ।
त्यहाँ मैले एक हजार पाँचसय जति अनुमान गरेपनि अरु साथीहरूले एक हजार तीनसय जति मानिस भएको ठोकुवा गर्दै हुनुहुन्थ्यो । स्थानीयहरूलाई सोध्दा शुक्रबार र शनिबारको दिन कहिले यति नै कहिले अझ बढी हुन्छन् रे । अन्य दिन चारदेखि पाँचसय चाहिँ भइरहन्छन् ।
त्यहाँ एकजनाले घोडा लिएर आए । उनले भ्यूटावर वरिपरि एक राउण्ड घोडामा घुमाएको १०० रुपैयाँ लिँदा रहेछन् । मैले पनि छोरीको घोडा चड्ने रहर पुरा गरिदिएँ, त्यहीँ । सेल्फी हात्रे, ग्रुपको फोटो शेसन गर्ने, जोडी जोडीको पोज त सबैको ब्यस्तताभित्रै थियो, हाम्रो ग्रुपमा समेत । त्यति हुँदा नहुँदा पाठभित्रबाट निकै माथि रातो सूर्य देखियो । चम्किलो हुँदै माथितिर आयो । शुरुमा सबै ‘आयो आयो’ भन्दै खुशी भयौँ । सूर्योदयसँगको फोटो शेसन शुरु भयो । धेरैजसो डाँडाको चौरीमा र अँटेजति भ्यू टावरमा चढेर यि कामहरू गरिरहेका थिए ।
त्यसपछि त्यहीँ ल्याइएका चिया पसलहरूमा चिया खाने कुरा भयो । फेरि अलि तलै पुगेर चिया पिउँ भत्रे सहमतिमा डाँडाबाट फर्कियौँ । अन्तु पोखरीमा पुगेर डुङ्गा चढ्ने भयौँ । मैले पनि छोरीलाई लिएर ढुङ्गामा पोखरी भित्र एक पटक परिक्रमा गरेँ । निस्केर डुङ्गा सञ्चालक खगराज जीलाई प्रतिब्यक्ति ५० रुपैँयाका दरले रकम दिइयो । टोलीका सबैले त्यो मज्जा लुट्यौँ ।
त्यहीँ वरिपरि मनमोहक चियाबारी छ । डाँडै डाँडा पनि छ । कताबाट फोटो राम्रो आउँछ भन्दै डाँडातिर चाहार्न थालियो । भीमले त निकै राम्रो राम्रो फोटो क्यामरामा कैद गरेछन् । पोखरी वरिपरि पनि मान्छे नै मान्छे थिए । यस्तो लाग्थ्यो, ‘हाम्रो ठाउँमा घुम्नकै लागि र रमाउनकै लागि यत्रा धेरै मानिस आउँछन् । अहो हाम्रो अन्तु ।’
त्यहाँबाट होमस्टे पुग्दा नपुग्दा बाटोमा स्थानीय अम्बिका पोख्रेल भेटिए, मेरा कक्षा ६ र ७ का क्लासमेट । उनले, ‘अलिक तलतिर सिंहदेवी मन्दिर छ, ढुङ्गै ढुङ्गामाथि ढुङ्गामै सिंहको आकृति भएको’ भने । हेर्न जाने मन गरेँ । साथीहरूलाई पनि लिएर जाने भएँ । अम्बिका जी खुशी हुनुभयो ।
रुद्र जीकोमा गइयो । हिसाब किताब गरियो । कुखुरा लोकल प्रतिकिलो ६००, ब्रोइलर ३६०, टुर्बोग प्रतिबोतल ३८०, वाइन ७००, भटमास प्रतिप्लेट ६०, रेडबुल प्रति क्यान २१०, ब्रोइलरको मासु पकाएको ५००, रोष्ट बनाएको ३००, सेकुवालाई प्रयोग भएको कोइलाको ५००, बिहानको कोदोको रोटीको खाजा प्रति ब्यक्ति १००, खाना प्रतिब्यक्ति १५० र सुताई प्रतिब्यक्ति १५० को दरले हुन आउने जम्मा रकम तिरेर बिदा हुने भइयो । बिदाइका क्रममा रुद्रजीको घरमा बहिनीले सबै जनालाई टिका लगाइदिइन्, सबैलाई एकएक थुङ्गा सयपत्री पूmल र धुपीको पात कागजले बेरेर बनाइएको चिनो तथा होमस्टेको कार्ड दिएर बिदा गरिन् ।
सिंहबाहिनीको आकर्षण
त्यहाँबाट अम्बिका जीसँग लागियो । अरु सबै साथीहरू सिधै इलाम आउनुभयो । म, भीम र कोकिला जी सिंहबाहिनीतिर लाग्यौँ । नभन्दै ढुङ्गै ढुङ्गाको माथिबाट सिंह आँ गरेजस्तै अर्को ढुङ्गा अवस्थित रहेछ, त्यहाँ । कतिवटा ढुङ्गामा मान्छेको अनुहार जस्तो देखिने, पैताला जस्तो देखिने आकृति पनि थियो । सुन्दर र आगामी दिनमा पर्यटकीय स्थल बत्र सक्ने त्यहाँको फोटो खिचेर अम्बिका जीसँग बिदा लियौँ । फर्किने क्रममा मैले भीम र कोकिलाजीको जोडीलाई पनि अन्तुमै जितेर बाटो तताएँ । दुई घण्टापछि पत्रिकाको अफिसमा आएँ । आइतबारको पत्रिकामा ‘अन्तु आउने पर्यटकको भीड’ शीर्षकमा मेन न्यूज बनिहाल्यो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...