समाचार

अन्तुमा पर्यटकको भीड

२०७४ मङ्सिर १० आइतबार गते १२:१६ मा प्रकाशित

अन्तुमा पर्यटकको भीड

सन्दकपुर संवाददाता

श्रीअन्तु, १० मङ्सिर : सूर्योदयको मौसम सँगसँगै अन्तुमा पर्यटकको भीड लाग्ने गरेको छ । दशैँ तिहार सकिएर घाम लाग्ने र आकाश खुल्ने क्रम बढेपछि डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेकाले त्यहाँ आउने पर्यटकको भीड नै लाग्न थालेको हो ।
नेपालकै सबैभन्दा पूर्वमा पर्ने अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेको पाइएको छ । शनिबार बिहान सूर्योदय हेर्न अन्तुडाँडा पुगेकी झापा सुरुङ्गाकी रेस्मा गौतमले अन्तुडाँडाबाट सूर्योदय राम्रो देखिने सुनेकाले आपूm र साथीहरू एउटा गाडि (जीप) लिएर शुक्रबार नै आएको बताइन् । साथीहरूसँग बिहानका राती नै डाँडामा पुगेकी उनले डाँडाबाट देखिएको सूर्योदय आपूmलाई अत्यन्तै मनमोहक लागेको बताइन् । तर मौसम खुलेको दिन भन्दा शनिबार सूर्योदय राम्ररी नदेखिएको स्थानीय बासिन्दाले बताएकाले आपूm अभागी भएको पनि उनको भनाई थियो ।
राम्रो गरि सूर्योदय देखिँदा  टिष्टा नदी तिरको क्षितिजमा रेखा देखिन थाल्छ । त्यो रेखा चम्किलो हुँदै गएपछि रेखाको बीच भागमा टपरा, मयुर, थाल जस्तो देखिँदै देखिँदै अलिक मास्तिर गोलो रातो घाम देखिन्छ । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केहीबेरमा अन्यत्रबाट देखिएजस्तै हुन्छ ।
शनिबार रेस्माजस्तै विभिन्न स्थानबाट एक हजार पाँचसयको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न पुगेका थिए । स्थानीय होमस्टे सञ्चालक रुद्र घिमिरेले भने, ‘अरु बार तीनचार सय जति पर्यटक हुन्छन्, शुक्रबार र शनिबार हेर्ने हो भने एक हजारभन्दा बढी हुन्छन् ।’
सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा अन्तु पोखरी, गुफा पाताल, भर्खरै पत्ता लागेको सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...